काठमाडौं । दुर्गा प्रसाईँले बिहिवार आफ्नो निजी निवास भक्तपुरमा विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्। आज दिनको ठीक ११:३० बजे बस्ने उक्त पत्रकार सम्मेलनमा सिंहदरबार तथा न्यायालयमा आगजनी, राज्य संरचना ध्वस्त पार्ने र सत्ता पल्टाउने योजनासम्म कसरी विस्तार भयो भन्ने विषयमा प्रमाणसहित गहिरो अनुसन्धान गरिएको विशेष भिडियो सामग्री सार्वजनिक गरिने जनाइएको छ।

प्रसाईँका अनुसार उक्त भिडियो सामग्री ३०० इन्चको विशाल पर्दामार्फत सार्वजनिक प्रदर्शन गरिनेछ। उनले सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीहरूलाई समाचार संकलनका लागि कार्यक्रममा अनिवार्य उपस्थितिका लागि हार्दिक निमन्त्रणा व्यक्त गरेका छन्।

कार्यक्रम आज दिनको ठीक ११:३० बजे दुर्गा प्रसाईँको निजी निवास, भक्तपुरमा आयोजना हुने जनाइएको छ। पत्रकार सम्मेलन तथा विशेष भिडियो सार्वजनिक कार्यक्रममार्फत सम्बन्धित विषयमा विस्तृत जानकारी प्रदान गरिने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय