कोरोना भाइरसको सन्त्रास सारा संसारभर व्याप्त छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ४३ लाख ९० हजार ७६७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने २० करोड ९१ लाख ७७ हजार ९५७ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो- अमेरिका । अमेरिकामा हालसम्म ६ लाख २४ हजार ३७४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ५ लाख ७१ हजार ६६२ जनाले ज्यान गुमाइसकेका छन् ।

छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख ३२ हजार ५१९ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यसैगरी मेक्सिकोमा २ लाख ४९ हजार ५२९, पेरुमा १ लाख ९७ हजार ५३९, रुसमा १ लाख ६९ हजार ९४८, बेलायतमा १ लाख ३१ हजार ५७७, इटालीमा १ लाख २८ हजार ५७९ र कोलम्बियामा १ लाख २३ हजार ७८१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

हालसम्म विश्वभर काेराेना भाइरस विरुद्ध ४ अर्ब ७८ कराेड ५१ लाख ८५ हजार ३३९ डाेज भ्याक्सिन लगाइसकिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय