आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी बारा जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा नेपाली सेना परिचालन गरिएको छ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्ने उद्देश्यले बुधबारदेखि जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा नेपाली सेना परिचालन गरिएको हो।



बारामा रहेका मतदान केन्द्रहरूलाई सुरक्षा चुनौतीका आधारमा संवेदनशील र अति संवेदनशील गरी वर्गीकरण गरिएको छ। ती क्षेत्रहरूको सुरक्षा निगरानीका लागि सेनाले आफ्नो उपस्थिति बढाएको छ।
सरकारले स्वीकृत गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ बमोजिम सुरक्षा निकायहरू परिचालन भएका हुन्। निर्वाचनलाई मर्यादित बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई आपसी समन्वयमा खटिने छन्।






