फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन आउन अब ४२ दिन मात्र बाँकी छ। राजनीतिक दल र उम्मेदवारहरू आफ्ना एजेण्डा प्रस्तुत गरेर मतदाता रिझाउन व्यस्त छन। निर्वाचन अन्तरगत बाराको निर्वाचन क्षेत्र नम्बर १ मा यस क्षेत्रका मतदाताको ध्यान केन्द्रित भएको छ।

१ पदको लागि हुने निर्वाचनमा यस क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, नेपाली कम्युनिस्ट पार्टी नेकपा र जनता समाजवादी पार्टी नेपालबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

एमालेबाट केन्द्रीय सदस्य तथा निवर्तमान सांसद अच्युतप्रसाद मैनाली, कांग्रेसबाट केन्द्रीय सदस्य शम्भुबहादुर बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट गणेश धिमाल, नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट सन्तोष दंगाल र जनता समाजवादी पार्टी नेपालबाट रामबाबुप्रसाद यादवले उम्मेदवारी दिएका छन।

एक पदका लागि प्रमुख दलसहित २० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन। तीमध्ये ७ जना स्वतन्त्र उम्मेदवार छन।

प्रतिनिधि सभामा सदस्य पदका लागि निर्वाचनमा प्रमुख दलसगै राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, मंगोल नेसनल अर्गनाइजेसन र प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवारले यसपटक चुनौती दिने आँकलन छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट लक्ष्मीप्रसाद साह कलवार, श्रम संस्कृति पार्टीबाट भुलावनकुमार पासवान, उज्यालो नेपाल पार्टीबाट अनवर अन्सारी, जनमत पार्टीबाट कमरुल्लाह संसारीले उम्मेदवारी दर्ता गरेका छन। आम जनता पार्टीबाट विजय यादव, नागरिक उन्मुक्ति पार्टी नेपालबाट भुवनप्रसाद चौधरी, जनता समाजवादी पार्टी नेपालबाट रामबाबुप्रसाद यादव, मंगोल नेसनल अर्गनाइजेसनबाट सुक दोर्जे गोले र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट हमिद मन्सुरीले उम्मेदवारी दिए।

यद्यपि, दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले यसपटक चुनौती दिने क्षेत्र १ का जनताको आँकलन छ। जयकिशोर पाण्डेय, प्रेमकुमारी थापा खड्का, विदुर खरेल, रविनादेवी चौधरी, रोशनकुमार उप्रेती, लक्ष्मीनारायणप्रसाद साह, सीमाकुमारी तिमिल्सेनाले स्वतन्त्र उम्मेदवार छन। यी मध्य कोही डमी उम्मेदवार छन। दलले साधन सोतको प्रयोग गर्न डमी उम्मेदवार दर्ता गर्न लगाउने चलननै छ। तर कोही भने दलका उम्मेदवारलाईनै चुनौती दिने गरी प्रतिस्पर्धा गर्ने छन।

एमालेलाई विजयको निरन्तरता जोगाउने चुनौती
अघिल्लोपटक आफैंले जितेको क्षेत्रमा यसपटक जितको निरन्तरता जोगाउने चुनौती एमालेसामु छ। मैनालीले तेस्रोपटक निर्वाचनमा भाग लिए। २०७४मा पहिलो पटक पराजित भएका मैनाली २०७९ को निर्वाचनमा उनन्चालिस हजार एक सय पन्चानब्बे मतसहित विजयी भएका थिए । मैनाली यसपटक जितेर जितको निरन्तरता गर्ने दाउमा छन ।

तत्कालीन खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका उमाकान्त चौधरीलाई नौ हजार एक सय उनन्चालिस मतको अन्तरले मनालीले हारको बाटो देखाए। २०७९ मा चौधरीले तिस हजार छपन्न मत प्राप्त गरेका थिए। त्यस समयमा एमाले र कांग्रेस बिच प्रतिस्पर्धी थियो।

स्थानियको भावना, भूगोल, संस्कृति, इतिहाससँग राम्रो परिचित भएकाले पनि मैनाली बलियो र मुख्य प्रतिस्पर्धी मानिएका छन।

कांग्रेसलाई पुरानो विरासत जोगाउने दबाब
उमाकान्त चौधरीले २०७४ मा भएको निर्वाचनमा यस क्षेत्रबाट कांग्रेसको विजयी झण्डा गाडेका थिए तर २०७९ मा भएको निर्वाचनमा एमालेले कांग्रेसको विरासत भत्काईदिए। २०७४ मा चौधरीले उनै मैनालीलाई दुई हजार भन्दा बढी मतले पराजित गरेका थिए तर २०७९ मा भएको निर्वाचनमा भने मैनालीले चौधरीलाई हराउदै एमालेको जित सुनिचित गरे ।

आगामी फागुण २१ मा कांग्रेसलाई विरासत फकाउने जिम्मा सहित कांग्रेसले शम्भुबहादुर बुढाथोकीलाई उम्मेदवार बनाएको छ।

तत्कालिन समयमा बारामा रहेको छ वटा क्षेत्र मध्य बुढाथोकीले क्षेत्र नम्बर छ बाट २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भाग लिएका थिए। ०७० को दोस्रो संविधानसभा निर्वाचनमा बुढाथोकी एमालेका नेकपा एमालेका नेता पूर्वपोलिटब्युरो तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलसँग पराजित भएका थिए।

तर बारामा चारवटा क्षेत्र कायम भएपछि भने बनेको नयाँ क्षेत्रमा भने बुढाथोकी पहिले पटक निर्वाचनमा हुमिएका हुन। निर्वाचनको अनुभव भएको बुढाथोकी यसपटक जित हात पारेर पहिलोपटक सांसद हुने दाउमा छन। बुढाथोकीले यस क्षेत्रको बिकास, पर्यटन र समृद्धिका निम्ती आफूले उम्मेदवारी दिएको बताए।

रास्वपाको लहरः पराजितबाट जितको बाटोमा
निर्वाचनका लागि देशभरबाट प्रमुख राजनीतिक दलहरूले आफ्ना प्रभावशाली नेताहरूलाई चुनावी मैदानमा उतारे पनि उनीहरूलाई चुनौती दिन रास्वपा उम्मेदवार पुराना दलका निम्ती अर्को चुनौती थपिएको छ। रास्वपाले ‘घण्टी बजाइरहेछ’, जुन अन्य दलका लागि खतराको ध्वनि हो।

सभापति रवि लामिछाने हिरासत मुक्त भएसँगै र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई पार्टीमा भित्र्याएसँगै देशमा एकखाले ‘रास्वपा लहर’ चलेको छ। निर्वाचनमा एमाले, कांग्रेस, नेकपाभन्दा रास्वपासँग नै प्रतिस्पर्धा हुने निष्कर्ष निकालेको छ। बाराको क्षेत्र नम्बर १ मा समेत पुराना दलले रास्वपासँग समेत प्रतिस्पर्धा गर्नु पर्ने छ।

गत प्रतिनिधिसभा निर्वाचनमा एमाले पहिलो हुँदा नेपाली कांग्रेस दोस्रो, तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी थियो। अर्थात राष्ट्रिय स्वतन्त्र पार्टी दलहरूको मुख्य प्रतिस्पर्धा दल थियो। उन्य पार्टी गठबन्धन गर्दा रास्वपाले तिन हजार तिन सय उन्नाइस मत हात पारेको थियो।
२०७९ मा रास्वपाबाट निर्वाचनमा भाग लिई सकेका गणेश धिमाललाई रास्वपाले पुनः बारा क्षेत्र १ मा उम्मेदवार बनाएको छ। त्यसयता धिमालले क्षेत्रको जनताको मन र क्षेत्रको बिकाशमा हुमिएका कारण यसअघि पराजित भएका धिमाल यसपटक भने निर्वाचनबाट आफू निर्वाचित हुनेमा विश्वस्त छन।

भग्य परिक्षामा नेकपाः नयाँ अनुहार सन्तोष दंगाल
अन्य दलबाट पुराना अनुहार दोहोर्याउदा नेपाली कम्युनिस्ट पार्टी नेकपाले भने नयाँ अनुहारलाई चुनावी मैदानमा पठाएको छ। नेकपाबाट सन्तोष दंगालले उम्मेदवारका रुपमा पहिलोपटक निर्वाचनमा होमिएका हुन। यसअघि नेपाल कम्युनिस्ट पार्टी माओवादीको निजगढ नगर अध्यक्ष थिए।

दंगालले क्षेत्रको समग्र विकासका लागि विभिन्न एजेण्डा अघि सारेका छन। निर्वाचनमा नेकपाले सुशासन, सामाजिक न्याय, समृद्धिलाई मुख्य एजेण्डा बनाएको छ। दलहरु मध्य कम उमेरका समेत रहेका दंगाल अर्का बलियो प्रतिस्पर्धी मानिएको छ।

जसपा नेपाल अन्य दलका निम्ती चुनौती
मधेसकेन्द्रित दलको रुपमा रहेको जनता समाजवादी पार्टी नेपालले अन्य दलका निम्ती अर्को चुनौती हो। जसपाले यस क्षेत्रमा रामबाबुप्रसाद यादवलाई उम्मेदवार बनाएको छ। पहिलो संविधानसभा निर्वाचनमा भाग लिएका यादवसंग चुनावी अनुभव छ। मधेसकेन्द्रित दल भएकै कारण जसपासंग राम्रो मतभार छ। जसपाको मत यसअघि निर्वाचनमा निर्णायक मतको रुपमा साबित हुदै आएको थियो।

पटक पटक गठबन्धनबाट निर्वाचनमा हुमिएका दलहरु यो पटक भने अग्नी परीक्षा दिदै छन। त्यसकारण यो पटकको निर्वाचन पाँच पक्षबीचको रोचक र कडा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय