बाराको निर्वाचन क्षेत्र नम्बर १ मा सात स्वतन्त्रसहित २० जनाले उम्मेदवारी दर्ता गरेका छन। उम्मेदवारी दर्ता गर्नेमा एकजना निवर्तमान सांसद सहित २० जना रहेका छन ।
एमालेबाट केन्द्रीय सदस्य तथा निवर्तमान सांसद अच्युत प्रसाद मैनालीले निर्वाचन अधिकृतको कार्यालय कोल्हवीमा पुगेर उम्मेदवारी दर्ता गरेका छन । यो उनको तोस्रो पटक निर्वाचनमा भाग लिएका हुन। पहिलो पटक पराजित भएका मैनाली यस अगिको निर्वाचनमा निकै परक मत सहित विजयी भएका मैनाली यसपटक जितेर जितको निरन्तर्ता गर्ने दाउमा छन ।



कांग्रेसबाट पार्टीका केन्द्रीय सदस्य शम्भु बहादुर बुढाथोकीले उम्मेदवारी मनोनयन गरेका छन। यसअघि बुढाथोकी ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका नेकपा एमालेका नेता पूर्वपोलिटब्युरो तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलसँग पराजित भएका थिए। उनी यसपटक जितेर पहिलो पटक सांसद हुने दाउमा छन ।
नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट सन्तोष दंगालले उम्मेदवारी दर्ता गराएका छन। उनी पहिलो पटक निर्वाचनमा हुमिएका हुन। यस अघि नेपाल कम्यूनिष्ट पार्टी माओवादीको निजगढ नगर अध्यक्ष थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट गणेश धिमालले उम्मेदवारी दर्ता गराएका छन। यसअघि परिजित भएका धिमाल यो पटक भने निर्वाचनबाट आफु निर्वाचित हुनेमा बिश्वस्त छन।
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट लक्ष्मी प्रसाद सा कलवार, श्रम संस्कृति पार्टीबाट भुलावन कुमार पासवान, उज्यालो नेपाल पार्टीबाट अनवर अंसारी, जनमत पार्टीबाट कमरुल्लाह संसारीले उम्मेदवारी दर्ता गरेका छन।
आम जनता पार्टीबाट विजय यादव, नागरिक उन्मुक्ति पार्टी नेपालबाट भूवन प्रसाद चौधरी, जनता समाजवादी पार्टी नेपालबाट रामवावु प्रसाद यादव, मंगोल नेशनल अर्गनाइजेशनबाट सुक दोर्जे गोले र प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट हमिद मंसुरीले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ ले जानकारी दिएको छ ।
यस्तै जय किशोर पाण्डेय, प्रेम कुमारी थापा खड्का, विदुर खरेल, रविना देवी चौधरी, रोशन कुमार उप्रेती, लक्ष्मी नारायण प्रसाद साह, सीमा कुमारी तिमिल्सेनाले स्वतन्त्र उम्मेदवारी दिएका छन।






