आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल तथा स्वतन्त्र गरी कुल एक सय १२ जनाले उम्मेदवारी दर्ता गराएका छन। जिल्लाका सबै निर्वाचन क्षेत्रमा उम्मेदवारको उल्लेख्य संख्याले चुनावी माहोल तातेको छ भने प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ।

जिल्लाकै सबैभन्दा बढी उम्मेदवारी परेको क्षेत्र बारा निर्वाचन क्षेत्र नम्बर ४ हो। क्षेत्र नम्बर ४ मा सबैभन्दा बढी प्रतिस्पर्धा हुने छ यस क्षेत्रमा ३९ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा कम उम्मेदवारी परेको क्षेत्र बारा निर्वाचन क्षेत्र नम्बर १ हो यहाँ २० जनाले उम्मेदवारी दर्ता गराए। निर्वाचन क्षेत्र नम्बर २ मा राजनीतिक दल तथा स्वतन्त्र गरी २९ जनाले उम्मेदवारी दर्ता गराएका छन भने निर्वाचन क्षेत्र नम्बर ३ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दर्ता गराए।

जिल्लाकै सबैभन्दा कम उम्मेदवारी परेको क्षेत्र बारा निर्वाचन क्षेत्र नम्बर १ हो। यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाले उम्मेदवारी दर्ता गराएका छन। यस क्षेत्रमा नेकपा एमालेबाट अच्युत प्रसाद मैनाली, नेपाली काँग्रेसबाट शम्भुबहादुर बुढाथोकी, नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट सन्तोष दंगाल र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट गणेश धिमाल उम्मेदवार बनेका छन। यस्तै उज्यालो नेपाल पार्टीबाट अनवर अंसारी, जनमत पार्टीबाट कमरुल्लाह संसारीलगायतका उम्मेदवारहरूले पनि मनोनयन दर्ता गराएका छन।

निर्वाचन क्षेत्र नम्बर २ मा राजनीतिक दल तथा स्वतन्त्र गरी २९ जनाले उम्मेदवारी दर्ता गराएका छन। यस क्षेत्रमा नेकपा एमालेबाट बलबिर प्रसाद चौधरी र नेपाली काँग्रेसबाट भैयाराम प्रसाद यादव प्रमुख उम्मेदवारका रूपमा देखिएका छन। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दन कुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट लालबाबु प्रसाद साह तेली, जनता समाजवादी पार्टीबाट रामकिशोर प्रसाद यादव र उज्यालो पार्टीबाट मेघराज पासवानले पनि उम्मेदवारी दिएका छन। स्वतन्त्र उम्मेदवारको उल्लेख्य उपस्थितिले यस क्षेत्रको चुनावी समीकरण थप रोचक बनेको छ।

बारा निर्वाचन क्षेत्र नम्बर ३ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दर्ता गराएका छन। यस क्षेत्रमा नेकपा एमालेबाट ज्वाला कुमारी साह, नेपाली काँग्रेसबाट फरमुल्लाह मंसुर, नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट भरत प्रसाद साह र राष्ट्रिय स्वतन्त्र पार्टीबाट अरबिन्द साह उम्मेदवार छन। उज्यालो नेपाल पार्टीबाट तिर्थबहादुर गुरुङसहित अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरूले पनि प्रतिस्पर्धालाई तीव्र बनाएका छन।

जिल्लाकै सबैभन्दा बढी उम्मेदवारी परेको क्षेत्र बारा निर्वाचन क्षेत्र नम्बर ४ हो। जहाँ राजनीतिक दल तथा स्वतन्त्र गरी ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन। यस क्षेत्रमा नेकपा एमालेबाट कृष्णकुमार श्रेष्ठ किसान, नेपाली काँग्रेसबाट श्यामबाबु गुप्ता, समुन्नत नेपाली पार्टीबाट पूर्वआइजिपी सर्वेन्द्र खनालले उम्मेदवारी दिए।

यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट अजय कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रहवर अंसारी र जनता समाजवादी पार्टी नेपालबाट सन्जु साह कानुले मनोनयन दर्ता गराएका छन। उज्यालो नेपाल पार्टीबाट सन्तोष कुमार गुप्तासहित स्वतन्त्र उम्मेदवारको ठूलो संख्याले यहाँको चुनावी प्रतिस्पर्धा सबैभन्दा चर्काे हुने अनुमान गरिएको छ।

निर्वाचन कार्यालयका अनुसार बारा निर्वाचन क्षेत्र नम्बर १ मा ८६ मतदानस्थल र १६१ मतदान केन्द्र कायम गरिएको छ, जहाँ एक लाख २३ हजार ९८५ मतदाता सूचीकृत छन। निर्वाचन क्षेत्र नम्बर २ मा ८२ मतदानस्थल र १४५ मतदान केन्द्र रहेका छन भने त्यहाँ एक लाख १३ हजार ८३९ मतदाता रहेका छन। यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा ७६ मतदानस्थल र १४४ मतदान केन्द्र तोकिएका छन र यहाँ एक लाख १३ हजार ५२१ मतदाता छन। निर्वाचन क्षेत्र नम्बर ४ मा ६१ मतदानस्थल र १३७ मतदान केन्द्र कायम गरिएको छ, जहाँ एक लाख १४ हजार ४३९ मतदाता रहेका छन।

जिल्ला निर्वाचन कार्यालयका अनुसार बारा जिल्लाभर कुल चार लाख ६५ हजार ७८४ मतदाता रहेका छन। मतदाताको चाप व्यवस्थापन र सहज मतदान सुनिश्चित गर्न यसअघि रहेका ५५५ मतदान केन्द्रमा ३२ वटा नयाँ केन्द्र थप गरी जिल्लाभर ५८७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीले जानकारी दिएका छन। उनका अनुसार जिल्लाभर कुल ३०५ वटा मतदानस्थल निर्धारण गरिएको छ।

उम्मेदवारको संख्या, दलगत प्रतिस्पर्धा र स्वतन्त्र उम्मेदवारको सक्रिय उपस्थितिले बारा जिल्लाको प्रतिनिधिसभा निर्वाचन यसपटक थप चासो, बहस र प्रतिस्पर्धामूलक बन्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय