नेपाली कांग्रेसले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ। पार्टीले चारै क्षेत्रमा रुख चुनाव चिन्हबाट उम्मेदवारी दिने निर्णय गरेको हो।
नेपाली कांग्रेस बाराका अनुसार बारा क्षेत्र नं १ मा शम्भु बुढाथोकी, क्षेत्र नं २ मा भैयाराम यादव, क्षेत्र नं ३ मा फर्मुल्लाह मन्सुर र क्षेत्र नं ४ मा श्यामबाबु गुप्तालाई उम्मेदवार चयन गरिएको छ।



बारा क्षेत्र नं १ मा उम्मेदवार छनोटलाई लिएर शम्भु बुढाथोकी र उमाकान्त चौधरीबीच लामो समयसम्म कडा रस्साकस्सी देखिएको थियो। चौधरी यस क्षेत्रबाट पटक–पटक निर्वाचनमा सहभागी हुँदै आएका अनुभवी नेता हुन। उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अच्युत मैनालीसँग पराजित भएका थिए। भने बुढाथोकी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेका नेकपा एमालेका नेता पूर्व पोलिटब्युरो तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलसंग पराजित भएका थिए त्यसयता पौडेलले बाराको पनि कुनै क्षेत्रबाट टिकट पाउन सकेनन्।
यसपटक पनि नेकपा एमालेले पुनः अच्युत मैनालीलाई नै उम्मेदवारका रूपमा अघि सारेपछि बारा क्षेत्र नं १ को चुनावी प्रतिस्पर्धाथप रोचक हुने अनुमान गरिएको छ। कांग्रेसले भने नयाँ रणनीतिसहित बुढाथोकीलाई मैदानमा उतारेको जनाएको छ।






