नेपाली कांग्रेसको हालै सम्पन्न दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले औपचारिक मान्यता दिएसँगै पार्टीको केन्द्रीय नेतृत्व संरचना स्पष्ट भएको छ। उक्त महाधिवेशनबाट बारा जिल्लाले एक जना सहमहामन्त्रीसहित तीन जना केन्द्रीय सदस्य पाएको छ।
महाधिवेशनबाट बाराका फर्मुल्लाह मन्सुर मुस्लिम क्लस्टरबाट सहमहामन्त्री पदमा चयन भएका छन। त्यस्तै, केन्द्रीय सदस्य खुला पदमा निजगढ निवासी शम्भुबहादुर बुढाथोकी निर्वाचित भएका छन।



यसैगरी, केन्द्रीय सदस्य मधेश प्रदेश–महिला पदमा मधु शाही तथा केन्द्रीय सदस्य मधेश प्रदेश–खुला पदमा रामानन्द यादव निर्विरोध निर्वाचित भएका हुन। केन्द्रीय सदस्य यादव बारा जिल्लाको कलैयाका निवासी हुन् भने शाही अमलेखगन्जकी महिला नेतृ हुन्।
बाराबाट चार जना नेताहरू केन्द्रीय तहमा चयन भएसँगै जिल्लाको राजनीतिक प्रतिनिधित्व थप सुदृढ भएको कांग्रेस कार्यकर्ताहरूको भनाइ छ। उनीहरूले पार्टी संगठन सुदृढीकरण, मधेशका मुद्दा र राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।






