नेपालका विद्यमान राजनीतिक, आर्थिक तथा संरचनागत समस्याहरूको दीर्घकालीन समाधानका लागि प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहित सनातनी संवैधानिक राजसंस्था स्थापना गर्नुपर्ने माग गर्दै अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका आह्वानकर्ता निर्देश सेढाई पक्राउ परेका छन।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएका प्रहरीले निर्देशलाई हात्तीसार स्थित एक होटोलबाट मगलबार राति ८ बजे पक्राउ गरेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोतले जनाएको छ।



निर्देशले जारी गरेको आह्वान अनुसार मुलुक हाल विश्वका धेरै राष्ट्रहरूजस्तै गम्भीर अनिश्चितता, भौगोलिक संवेदनशीलता र आन्तरिक अस्थिरताबीच आफ्नो अस्तित्व, अखण्डता र स्वाभिमान जोगाउन अदृश्य रूपमा अन्तिम लडाइँको आवश्यकता रहेको भन्दै पौष ३० गते बुधवार काठमाडौँको बालुवाटारमा दिउँसो १२ बजेदेखि अनिश्चितकालसम्म प्रधानमन्त्री निवास कार्यालय बालुवाटार घेराउ कार्यक्रम आयोजना गरिएको थियो।
पक्राउ परेका निर्देशले प्रहरी हिरासतबाटै भोक हड्ताल गर्न सुरु गरेको उनका समर्थकले जानकारी दिए। उनीहरुले निर्देश पक्राउ परेपनि अनिश्चितकालसम्म प्रधानमन्त्री निवास कार्यालय बालुवाटार घेराउ कार्यक्रम भने जारी रहने जनाएका छन।






