उपप्रमुख नजमु शेहरले कर्मचारीलाई दुव्र्यवहार गरेको भन्दै बाराको सिम्रौनगढ नगरपालिकाका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुले अनिश्चितकालको लागि कार्यालयको सेवा स्थगन गरेका छन ।

सिम्रौनगढ नगरपालिकाकी नगर उपप्रमुख शेहरले सोमबार कार्यालय परिसरमै प्रमुख प्रशासकीय अधिकृत वीरवहादुर साह लहेरालाई दुव्र्यवहार गरेको भन्दै कर्मचारीहरुले आज विज्ञप्ति निकालेर सेवा स्थगन गर्नुपरेको जनाएका छन ।

प्रेस विज्ञप्तिमा कर्मचारीहरुलाई गालीगलौज तथा दुव्र्यवहार गरी अभद्र व्यवहार गरिएको घटनाप्रति नगरपालिकाका कर्मचारी परिवारको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा ‘उक्त घटनाले सार्वजनिक सेवामा कार्यरत कर्मचारीको गरिमा, मर्यादा तथा सुरक्षा माथि प्रत्यक्ष आघात पुर्‍याएको हुँदा यस प्रकारका अमर्यादित, गैरकानुनी र निन्दनीय कार्यको घोर भत्र्सना गर्दै कार्यालय प्रमुख तथा एक कर्मचारीमाथि भएको दुव्र्यवहारप्रति गहिरो दुःख र आपत्ति प्रकट गरिन्छ ।’ भनिएको छ । यस परिस्थितिमा कर्मचारीहरूको सुरक्षा, सम्मान तथा कार्य वातावरण सुनिश्चित नहुन्जेलसम्म सिम्रौनगढ नगरपालिका कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालयहरू (शिक्षण संस्थाहरू बाहेक) मा अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरू अर्को निर्णय नहुन्जेलसम्म अनिश्चितकालका लागि स्थगित गरिएको विज्ञप्तिमा भनिएको छ ।

सेवा स्थगनको निर्णयले नगरवासी तथा सर्वसाधारणमा पर्नसक्ने असुविधाप्रति कर्मचारी परिवारले विज्ञप्तिमार्फत क्षमायाचना समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय