नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि बाराका चार निर्वाचन क्षेत्रमध्ये तीनवटा क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चुनिएका छन।

मंसिर २७-२९ सम्म हुने महाधिवेशनका लागि २५ जना प्रतिनिधि छनोटका लागि बाराको निर्वाचन क्षेत्र नं. २ चारबाहेक बाँकी क्षेत्रबाट सर्वसम्मत २१ प्रतिनिधि निर्वाचित भएको एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेले जानकारी दिए। ‘क्षेत्र नं. २ मा पनि शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा भएको निर्वाचनबाट चारजना छनोट भएका छन,’उनले भने।

महाधिवेशनका प्रतिनिधिमा दुई जना प्रदेश सांसद र दुई मेयर निर्वाचित भएका छन भने जीतपुरसिमराकी वडाध्यक्ष चयन गुरुङ निर्वाचित भएकी छन ।

अध्यक्ष पदका आकांक्षी केपी ओली र ईश्वर पोखरेल समूहबिच बाराबाट छनोट भएका प्रतिनिधिअनुसार कुन समूह बलियो देखिन्छ भन्ने प्रश्नमा जिल्ला अध्यक्ष पाण्डेले भने, ‘व्यक्तिको पक्ष होइन, पार्टी सबल बनाउने उद्देश्यसहित प्रतिनिधि चयन भएका छन। बारा जिल्लामा पार्टी एक भएको छ, हामीले गुटका आधारमा कुनै काम गरेका छैनौं।’

बारामा एमालेको २५ महाधिवेशन प्रतिनिधि चयनका लागि बारामा १०७ जनाको उम्मेदवारी परेको बारामा क्षेत्र नम्बर २ मा सहमति हुन नसक्दा चारजना प्रतिनिधि मतदानबाट छनोट गरिएको हो भने अन्यत्र सहमतिमै प्रतिनिधि छनोट एमाले बारा टुंगिएको छ । ‘बारा २ मा सहमतिको प्रयास सफल हुन सकेन त्यसपछि मतदानबाट टुंगो लागेको हो, तर अन्यत्र हामीले सहमतिमै प्रतिनिधि छनोट टुंग्यायौं,’ अध्यक्ष पाण्डेले भने ।

बारा २ मा रहेका कुल १३८३ मतदाता मध्य करिव सातसय मात मात्र खसेको थियो ।

नेकपा एमाले ११औ राष्ट्रिय महाधिवेशनको लागी बाराको कुन क्षेत्र बाट को निर्वाचित भए?
बारा क्षेत्र न. १ का प्रतिनिधिहरु
अम्बिका चौलागाईं -खुल्ला
दीपक चौधरी -खुल्ला
दुर्गा कोइराला घिमिरे -महिला
लिला खनाल -महिला
शम्भु शाह कलवार -युवा

बारा क्षेत्र न. २ का प्रतिनिधिहरु
जलन्धर सिंह जैसवार -खुल्ला नगरप्रमुख पचरौता नगरपालिका
भुलन चौधरी -खुल्ला
नागमती देवी यादव -महिला
लक्ष्मी यादव -युवा

बारा क्षेत्र न. ३ का प्रतिनिधिहरु
रविन्द्र दास श्रेष्ठ -खुल्ला प्रदेश सांसद
विनोद प्रसाद शाह -खुल्ला नगरप्रमुख कलैया उपमहानगरपालिका
अनिल मैनाली -खुल्ला
टिना सुवेदी मैनाली -महिला
चयन मगर -महिला
जाबाहिर अन्सारी -युवा

बारा क्षेत्र न. ४ का प्रतिनिधिहरु
देवनारायण चौधरी -खुल्ला प्रदेश सांसद
धुवप्रसाद यादव -खुल्ला
उमेश साह -खुल्ला
धर्मदेव यादव -खुल्ला
कमला घिमिरे -महिला
भावना आचार्य -महिला
मोबिन आलम -युवा

यस्तै दलित खुल्लाबाट दशरथ राम र सुन्दर विश्वकर्मा प्रतिनिधि चयन भएका छन भने दलित महिलाबाट प्रतिनिधिमा अञ्जु नेपाली चयन भएकी छिन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय