बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ३ स्थित बजनीमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका– ७ की २० वर्षीया ज्योतीकुमारी गुप्ता रहेको जिल्ला प्रहरीले पुष्टि गरेको छ।

सिमराबाट जीतपुरतर्फ जाँदै गरेको ना ३ त १०९८ नम्बरको ट्याक्टरले सोही दिशामा अघि बढिरहेको मधेश प्रदेश ०३–०३२ प ९५९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको थियो। ट्याक्टरको ठक्करपछि मोटरसाइकल अनियन्त्रित बन्दै अगाडिबाटै गुडिरहेको साइकलमा समेत जुधेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक ज्योती गुप्ता, पछाडि सवार जीतपुरसिमरा उपमहानगरपालिका– ७ की आस्था गुप्ता र साइकल चालक जीतपुरसिमरा उपमहानगरपालिका– २ का ४२ वर्षीय कृष्ण मगर घाइते भएका थिए। उपचारका क्रममा ज्योतीकुमारी गुप्ताको बयोधा अस्पतालमा मृत्यु भएको हो। अन्य दुबै घाइतेको उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय