१२ वर्षीया नाबालिकालाई जंगलमा लगेर नाबालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपममा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका– १६ टाँगियाबस्ती घर भएका ४० वर्षीय सोम बहादुर भोलन रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

टाँगियाबस्तीका स्थानियले भोलनले नाबालिकालाई जंगलतफ लैजादै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। केही समयअघि समेत भोलन सोही नाबालिकासंग जंगलबाट आउदै गरेको देखेका स्थानियले उनीमाथी निग्रानी बडाएका थिए भने यस पटक उनीलाई नाबालिकालाई जबरजस्ती गर्दागर्दै प्रक्राउ गरेको स्थानिएले सुनाए।

प्रहरीका अनुसार मङ्सिर १ गते सोमबार दिउसो ३ बजे मानसिक अवस्था कमजोर भएकी नाबालिकालाई भोलनले ललाईफकाई जबरजस्ती बलात्कार गरेका थिए । प्रहरीले पक्राउ परेलगत्तै भोलनलाई जबरजस्ती करणी कसुर शीर्षकमा मंगलबार मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट पहिलो पटकलाई सात दिन म्याद थप गरी घट्नाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय