आन्तरिक राजस्व कार्यालय बाराको आयोजनामा राष्ट्रिय कर दिवस २०८२ सम्पन्न भएको छ । आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दै हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउने गरिन्छ ।

राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा आन्तरिक राजश्व कार्यालय सिमराका प्रमुख कर अधिकृत दिनेश पाण्डेले सेवा प्रवाहलाई थप सहज र प्रविधीमैत्री बनाउँदै करको दायरा विस्तार गर्दै लगिने जनाए । उनले आर्थिक ऐन, २०८२ ले दिएका विभिन्न छुट सुविधाको लाभ लिनका लागी करदातालाई अनुरोधसमेत गरे । कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने, निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, प्रसौनी उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी गुप्ता लगायत व्यवसायीक संघ संगठनका प्रतिनिधीहरूले व्यवसायीहरूको मनोबल उठाउने गरी निजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय पथलैया अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता पोषक ब्रिडर फार्म प्रा. लिमिटेडलाई सम्मान गरिएको थियो । यसैगरी कार्यक्रममा करदाता सेवा कार्यालय रौतहट जिल्ला अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता म्याक्स फर्मा प्रा. लिमिटेडलाई सम्मान गरिएको छ।

एकद्वार कर प्रणालीको माग : जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा
जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले करमा एकद्वार प्रणाली लागु गर्न सरकारसंग माग गरेका छन । कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले सरकारको कर नीतिका कारण व्यवसायी धाराशायी बन्दै गएको गुनासो गरे । तीन तहका सरकारको तीन थरीको कर नीति अव्यवहारिक रहेको बताउँदै लामिछानेले संघीय सरकारले व्यवसायीमैत्री कर नीति तर्जुमामा ध्यान दिन आवश्यक रहेको बताए ।

कर तिर्ने वातावरण राज्यले खडा गर्नुपर्छ : निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ
कार्यक्रममा निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले करदातालाई कुनै किसिमको दुःख दिने कार्य राज्य र मातहतका निकायबाटनै हुनु दुःखत रहेको बताए । उनले बिभिन्न बाहनामा व्यवसायीलाई त्रसित नबनाउन तथा सबै व्यवसायीलाई सम्मान रुपमा व्यवहार गनुपर्ने धारण व्यक्त गरे ।

निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठले देशको आर्थिक अवस्था नाजुक रहेको भन्दै आर्थिक अवस्था चलायमान बनाउन सरकार लाग्नुपर्नेमा जोड दिए । उनले कर तिर्ने वातावरण राज्यले खडा गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय