बाराको प्रसौनी गाउँपालिका–३ नौतन नजिक लागुऔषधसहित एक व्यक्ति प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहिबार साँझ करिब ४ः३० बजे इलाका प्रहरी कार्यालय प्रसौनीलाई प्राप्त भएको बिशेष सूचनाका आधारमा प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको टोलीले चेकजाँज गर्ने क्रममा लागुऔषध खैरो हिरोइन सहित एक व्यक्तिलाई नियन्त्रणममा लिएको हो।



प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक श्रेष्ठको टोलिले वीरगञ्जबाट प्रसौनीतर्फ पैदल आइरहेका एक व्यक्तिलाई शंका लागेपछि चेकजाँच गर्न खोज्दा भाग्न खोजेपछि लखेटी नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पनेमा पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–३ सानो देउतीका रामचन्द्र दासका छोरा ४२ वर्षीय रामाशंकर दास भएको पाइएको छ। उनको लगाएको पाइन्टको बायाँ गोजी खानतलासी गर्दा कागजमा बेरिएको खैरो हिरोइन जस्तो देखिने पदार्थ १९.७८० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ।
बरामद पदार्थसहित दासलाई इलाका प्रहरी कार्यालय प्रसौनीमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले बरामद पदार्थलाई परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी भइरहेको र पक्राउ परेका दासमाथि लागुऔषध नियन्त्रण ऐन अनुसार कानूनी कारवाही अघि बढाउने तयारी गरिएको जनाएको छ।






