काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद विस्तार गर्न लागेको चर्चा यत्तिकै सेलाएको छ । उनले जेन-जीका तर्फबाट ४ जना मन्त्री थप्न लागेको समाचारहरू आएका भए पनि अहिलेसम्म थपेकी छैनन् ।
जेन-जीबाट अनेकथरि नाम प्रस्ताव भएपछि प्रधानमन्त्री बिलखबन्धमा परिरहेको स्रोतको भनाइ छ । सुरूमा छलफलमा आएका चारजनाको नाम विवादित भएपछि यत्तिकै रद्द भएको थियो । त्यसपछि कार्कीले जेनजी अभियन्ताहरुलाई साझा नाम दिन आग्रह गरेकी छन् ।



राष्ट्रपति रामचन्द्र पौडेलको समेत उपस्थितिमा प्रधानमन्त्रीले जेन-जी अगुवाहरूसँग वार्ता गर्ने भनेर दुईपटक समय निर्धारित भएको थियो । पहिलोपटकको वार्तामा पौडेल अचानक अस्वस्थ भएर सहभागी हुन सकेनन् । दोस्रोपटक तोकिएको वार्ता पनि राष्ट्रपतिले आराम गर्नुपर्ने भन्दै रद्द गरेका थिए । त्यसयता मन्त्रिपरिषद विस्तारको विषय ओझेलमा परेको छ ।
प्रधानमन्त्री कार्कीलाई आज एक पत्रकारले मन्त्रिपरिषद विस्तारको विषयमा जिज्ञासा राख्दा उनी चिढिएकी छन् ।
सिंहदरबारमा एक कार्यक्रममा सहभागी भएर निस्किँदै गर्दा उनले पत्रकारले सोधेका थिए, ‘प्रधानमन्त्रीज्यू मन्त्रिपरिषद कहिले बिस्तार हुन्छ ?’
जवाफमा कार्कीले झर्को मान्दै भनिन्, ‘भएको भई छ नि ।’






