बाराको जीतपुरसिमरा उपमहानगरपालिका १८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा बाराको २३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

शुक्रबार कलैया उपमहानगरपालिका २ स्थीत अमर माध्यमिक विद्यालय परिषरमा साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रिलाल सहनीले सभाका उद्घाटन गर्नु भएको हो ।

प्रमुख अतिथी समेत रहेका सहनीले एउटा कुशल सहकारी संस्था निर्माणमा बर्षौं लाग्ने तर विगार्न समय नलाग्ने भन्दै सजक भई कारोबार गर्नुपर्ने बताए । उनले सहकारी संस्थाहरुले ग्रामिण क्षेत्रको आर्थिक जीवनमा मुटुको काम गरिरहेको भन्दै कर्जा नतिर्ने र आलटाल गर्नेहरुबाट सचेत हुनुपर्नेमा जोड दिए ।

यस्तै साना किसान विकास लघुवित्त वित्तिय संस्था हेटौंडाका प्रमुख भोलानाथ रेग्मीले सहकारी सदस्यहरुले एकै संस्थालाई आधार बनाएर कारोबार गर्दा लाभ हुने बताए । साना किसान अभियानले कसैसँग प्रतिस्पर्थानै गर्न नसक्ने गरी सहुलिय रुपमा कर्जा लगानी गर्ने, महिला शसक्तीकरणमा जोडदिने, क्षमता विकास आयआर्जमा टेवा पुर्याउने लगायत दर्जनौं सफल काम गरिरहेको उनले बताए ।

कार्यक्रममा कलैया उपमहानगरपालिका २४ का अध्यक्ष हिरालाल चौधरी, २ का राजेश कुमार महत्तो, साना किसान कृषि सहकारी संस्था भोडहाका अध्यक्ष पुनदेव प्रसाद रौनियार, सपहिका प्रबन्धक अरुण चौधरी लगायतले बोलेका थिए ।

सहकारीले बार्षिक साधारणसभाका अवसरमा उत्कृष्ठ बचतकर्ता, असल ऋणी, असल दुग्ध उत्पादक, कृषि सामाग्री खरिदकर्ता, पूर्व संचालक सहित २५ जनालाई दोसल्ला प्रमाणपत्र र एकएक थान कुकर सहित सम्मानित गरेको छ । संस्थाले कार्यक्षेत्रका ४ वटा अन्तरसमुह र उक्तरझिट्कैंया सेवा केन्द्रलाई उत्कृष्ठताको रुपमा पुरस्कत गरेको संस्थाले जनाएको छ ।

सभाले १४ प्रतिशतका दरमा सदस्यहरुलाई शेयर बोनस वितरण गर्ने, योगदानका आधारमा विभिन्न विधामा शंरक्षीत पूँजीको फिर्ता गर्ने लगायत अडिटर नियूक्ती र पारिश्रमीक तोक्ने, हरैयामा रहेको सहकारी एकिकरण लगायत १५ वटाबढी महत्वर्पू निर्णय गरेको संस्था अध्यक्ष नयनकला खड्काले जानकारी दिईन ।

३ हजार ८ महिला सदस्य रहेको संस्थाले दुग्ध संकलन, पशुशुरक्षण, सदस्य शुरक्षा, कजर्जा, बचता, विउ प्रशोधन उद्योग, कष्टम हायरिङ्ग सेन्टर र कृषि प्राविधिकको ब्यवस्था सहित कृषि सामाग्री विक्रि कक्ष समेत संचालन गर्दैआएको अध्यक्ष खड्काले जनकारी दिईन ।

महिला लक्षीत सिपमुलक तालिम तथा कार्यक्रमहरुमा काम संस्थाले काम गर्दै आएको छ । ब्यूटि पार्लर, साबुन सरफ, धुप बनाउने, बचत तथा कर्जा ब्यस्थानमा महिलाको भुमिका र तीज विशेष कार्यक्रम गर्ने गरेको उनले बताईन।

अध्यक्ष खड्काको संस्थागत, लेखा समिति संयोजक सुनिता सापकोटाको बार्षिक लेखा प्रतिवेदन सभाले सुझाव सहित पारित गरेको छ ।
सभा उपाध्यक्ष श्यामता कुमारीको स्वागत एवं मुख्यप्रबन्धक पुष्पराज खतिवडाको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय