बागलुङको जैमिनी नगरपालिका–१० नाम्दुकमा जिप दुर्घटना हुँदा ७ जना घाईते भएका छन ।

बागलुङ सरमुकाम देखी बरेङ गाउँपालिका तर्फ जाँदै गरेको ग १ ज ७४८० नम्बरको जिप घुम्ती मोड्ने क्रममा दुर्घटना भएको हो ।

दुर्घटनामा जिपका चालक बरेङ गाउँपालिका–१ बासकोटका रबि थापा, सोही स्थानका सुस्मिता परियार, विक्की परियार, सेती परियार, सुनिता परियार, मोहन परियार र चितवन भरतपुर महानगरपालिका– २६ का ज्योती मगर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तिलक भारतीले जानकारी दिए ।

जिप घुम्ती मोड्ने बेलामा स्टेरीङ फेल भई सडकबाट अन्दाजी १५ मिटर तल खसी दुर्घटना भएको हो । घाईतेको उपचारका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङ पठाईएको छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक चन्द्र प्रसाद भण्डारीको कमाण्डमा ७ जना प्रहरीको टोली र स्थानिय उद्धार गरेका थिए । घाईतेका अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय