बारामा प्रहरीले लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फेटा गाउँपालिका–१ त्रिवेणीटोल बस्ने ४० वर्षीया पार्वती महतो रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मंगलबार दिउँसो विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी नायब निरीक्षक (सई) रामकिशुन यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले महतोको घरमा खानतलासी गरेको थियो । खानतलासीको क्रममा कपडाको झोलाभित्र प्लाष्टिकको सानो डब्बामा राखिएको अवस्थामा सानो-सानो पुरिया बनाई लुकाइ–छिपाइ गरिएको १० ग्राम १६० मिलिग्राम लागू औषध ‘ब्राउन सुगर’ फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको लागू औषध तत्कालै नियन्त्रणमा लिएर प्रमाणका रूपमा सुरक्षित गरिएको र त्यससँगै संलग्न महतो समेतलाई पक्राउ गरी हिरासतमा लिएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले घटनाबारे जानकारी दिँदै पक्राउ परेकी महिलामाथि थप अनुसन्धान भइरहेको बताए । उनका अनुसार, बरामद भएको ब्राउन सुगरको शुद्धता, मूल्यांकन तथा यसमा संलग्न अन्य व्यक्तिहरुको पहिचान र संलग्नताको बारेमा अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीले पछिल्लो समय बारासहित मधेस प्रदेशमा लागूपदार्थको ओसार–पसार तथा बिक्री वितरण नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिरहेको बताउँदै पण्डितले अवैध धन्दामा संलग्न जो–कसैलाई पनि कडाइका साथ कानूनी कारबाही गरिने चेतावनी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय