रुसको सुदूरपूर्वी क्षेत्रमा दुर्घटनामा परेको विमानमा सवार ४८ यात्रु र क्रु सदस्य सबैको मृत्यु भएको त्यस भेग (अमुर क्षेत्र)का प्रमुखले एक वक्तव्यमार्फत पुष्टि गरेका छन् ।

मृतकमध्ये विमानमा पाँच बालबालिका थिए । देशको नागरिक सुरक्षामन्त्रीले त्यसअघि बिहीबार साइबेरियामा आधारित अंगारा वायुसेवाले चलाएको एएन-२४ जहाज चीनसँगको सीमानजिकको अमुर क्षेत्रमा पर्ने सहर टिन्डावरपर हराएको बताएका थिए ।

पछि राहतकर्ताले विमानको इन्धनमा आगो लागिरहेको अवस्थामा विमानको भग्नावशेष भेटेका थिए । ‘रुसी नागरिक उड्डयन प्राधिकरणले सञ्चालन गर्ने एमआई-८ हेलिकोप्टरका राहतकर्मीले जलिरहेको विमान पहिचान गरेका थिए,’ नागरिक सुरक्षा मन्त्रालयको टेलिग्राम च्यानलमा भनिएको छ ।

रुसी आपत्कालीन सेवाकी अधिकारी युलिया पेतिनाले टेलिग्राममा लेखेकी छिन्,‘खोजी अभियानका क्रममा रोसाभियात्सियाको एमआई-८ हेलिकोप्टरले विमान जलेको अवस्थामा फेला पारेको हो ।’ रुसी मिडियाका अनुसार दुर्घटनास्थलसम्म पुग्ने कुनै सडक नभएकाले १०० जनाको उद्धारकर्ताको समूहले वन क्षेत्रका ठुल्ठुला रुख काटेर बाटो बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय