बाराको जितपुरसिमरा उपमहानगरपालिका–२, सिमरामा अवस्थित जगदम्बा स्टिल प्राइभेट लिमिटेडको भट्टी अचानक पड्किँदा केही मजदुर घाइते भएका छन ।

केहीबेर अगाडी भएको उक्त घटनाबारे इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बेद प्रकाश जोशीले प्रारम्भिक जानकारी दिएका छन । उनका अनुसार हालसम्म कुनै मानविय क्षति नभएको बताएका छन भने केही मजदुर घाइते भएका छन ।

ठूलो मानवीय क्षति नभए पनि केही मजदुरहरू सामान्य घाइते भएका छन, डीएसपी जोशीले भने, घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

उक्त भट्टी पड्किने कारण खुल्न सकेको छैन। घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ र अनुसन्धान कार्य अघि बढाइएको छ।

स्थानीयवासीका अनुसार पड्किएसँगै कारखाना परिसरमा ठूलो आवाज आएको थियो भने केहीबेरका लागि अफरातफरीको स्थिति देखिएको थियो।

जगदम्बा स्टिल बारा जिल्लाको एक प्रमुख उद्योगमध्ये पर्दछ जहाँ दैनिक सयौं मजदुर कार्यरत छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय