दिपु मिश्र, रौतहट । रौतहटको गढीमाई नगरपालिकाले करिब ५५ करोड रुपैयाँको बजेट ल्याएको छ। नगरपालिकाको १२ औँ नगरसभामा नगर प्रमुख श्यामप्रसाद यादवले आगामी आर्थिक वर्षका लागि ५४ करोड ९१ लाख ७२ हजार १०८ रुपैयाँको बजेट ल्याएका हुन्।

पालिकाको आगामी आर्थिक वर्षको पुँजीगत बजेट १९ करोड १५ लाख ४९ हजार र चालुतर्फ ३५ करोड ७६ लाख २३ हजार १०८ रुपैयाँ रहेको छ।

नगरपालिकाको आन्तरिक आयतर्फ २ करोड, आन्तरिक राजस्व बाँडफाँट २ करोड, संघीय सरकारको समानीकरण अनुदानतर्फ ११ करोड २१ लाख, संघीय सरकारको सशर्त अनुदानतर्फ २५ करोड ५७ लाख, संघीय सरकारको राजस्व बाँडफाँटतर्फ १० करोड ८७ लाख ६५ हजार १०८, मधेश प्रदेश सरकारको समानीकरण अनुदानतर्फ ७७ लाख ४९ हजार, मधेश प्रदेश सरकारको विशेष अनुदानतर्फ ३० लाख, मधेश प्रदेश सरकारको समपूरक अनुदानतर्फ २० लाख, मधेश प्रदेश सरकारको राजस्व बाँडफाँटतर्फ ६३ लाख ५८ हजार, मधेश प्रदेश सरकारको सशर्त अनुदानतर्फ ९५ लाख, सडक बोर्ड नेपालबाट ४० लाख रुपैयाँ बजेटको स्रोत रहेको नगर प्रमुख यादवले जानकारी दिए।

पालिकाले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारकालाई मुख्य प्राथमिकतामा राखेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय