काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ की ११ वर्षीया अंकिता थापालाई बोन क्यान्सर (ओस्टियोसार्कोमा) भएको छ।

दायाँ खुट्टाको तल्लो भाग (डिस्टल फिमर) मा पिडा र सुन्निन थालेपछि परिवारले उनलाई अस्पताल र्पुयायो । परीक्षणपछि बोन क्यान्सरको पत्ता लाग्यो । अहिले उनी काठमाडौंको पाटन अस्पतालमा उपचाररत छिन ।

बालिकाका बुबा शालिकराम थापाका अनुसार उनकी छोरीलाई माघ २० गते क्यान्सर भएको थाहा भएको थियो । त्यसयता उनीहरू विभिन्न अस्पताल धाउँदैछन । सुरुमा ललितपुरको किस्ट अस्पताल, त्यसपछि भक्तपुर क्यान्सर अस्पताल हुँदै अहिले पाटन अस्पतालमा उपचार भइरहेको हो।

‘दशपटक किमोथेरापी दिइसक्यौं,’ थापाले भने, ‘अब खुट्टाको हड्डी नै फेर्नुपर्ने भनेका छन । डाक्टरहरूले मात्र अप्रेसनमै २२ लाख लाग्ने बताए।’

पाँच महिनादेखि उपचार गराइरहेको परिवारको आर्थिक अवस्था कमजोर छ। अहिलेसम्म १७ लाख रुपैयाँ सकिएको थापाको भनाइ छ। ‘घरजग्गा छैन, भएको सानो रकम पनि सकियो,’ उनले भने, ‘रिन र सहयोग माग्दै उपचार गर्दैछौं।’

पाटन अस्पतालका विशेषज्ञ चिकित्सकहरूका अनुसार अंकिताको एमआरआई तथा बायोप्सी परीक्षणबाट दायाँ खुट्टाको मेटाडायफाइसिस क्षेत्रमा फैलिएको ओस्टियोसार्कोमा पुष्टि भएको छ । ट्युमरले हड्डीको भित्री भाग मात्रै होइन, छालासम्म फैलिन थालिसकेको छ ।

रिपोर्टमा उल्लेख भएअनुसार, “Lesion shows cortical breach and infiltration of surrounding soft tissues” अर्थात क्यान्सर हड्डीबाट मांसपेशी क्षेत्रमा फैलिन थालेको छ।

बालिकाको उपचारका लागि नेपाल सरकारको विपन्न नागरिक कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँका लागि सिफारिस प्रक्रिया अघि बढाइएको छ। तर बाँकी रकम जुटाउन गाह्रो भइरहेको छ।

‘अब तपाईंहरूको साथ चाहिन्छ’
‘छोरीको जीवन रक्षा गर्न हरेक उपाय गरिरहेका छौं, तर अब हामीसँग स्रोत छैन,’ शालिकरामले भने, ‘अब मनकारी दिदीबहिनी, दाजुभाइहरूबाटै आशा छ।’

उनले देश–विदेशमा रहेका सहयोगी मनहरूलाई सानो रकम सहयोग गर्न पनि आग्रह गरेका छन ।
सहयोग गर्न इच्छुकका लागि विवरणः
खाता नम्बरः ०३००१०००२८२६०४१
बैंकः सिटिजेन्स बैंक
खातावालाको नामः शालिकराम थापा
सम्पर्कः ९८४९७१२०२८

‘सानो सहयोगले मेरी छोरीलाई नयाँ जीवन दिन सक्छ’
थापाको भनाइमा छोरीको आँखाभरि सपना छन । उनी अझै स्कुल जान चाहन्छिन, खेल्न चाहन्छिन। ‘हामीसँग छोरीको सपना बचाउने विकल्प छैन,’ उनले भने, ‘अब तपाईंहरूको साथ र सहयोगले मात्र त्यो सम्भव छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय