
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले सडक अनुशासन पालन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि गत बिहीबारबाट ट्राफिक सचेतना सप्ताह सुरु गरिएको थियो । ‘सेफ ड्राइभ, लङ लाइफ’ भन्ने मूल नारासहित ट्राफिक सचेतना सप्ताहको सुरुवात गरिएको हो ।
ट्राफिक सचेतना सप्ताहको छैटौं दिन मंगलबार बाराको निजगढ नगरपालिका स्थित शैक्षिक संस्थामा विद्यार्थीलाई प्रशिक्षण तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराले जनाएको छ ।



बिगत एक छ दिनबाट सुरु भएको अभियानमा हाल सम्म चोक–चोकमा ट्राफिक प्रहरीसँग स्वयंसेवक परिचालन कार्यक्रम, जनचेतनामूलक पम्प्लेट वितरण, पैदलयात्रुलाई बाटो काट्न सिकाउने, खाल्डाखुल्डी पुर्ने, ग्रामीण सडक लक्षित प्रशिक्षण, सवारी चालक र सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिपक केसीले बताए ।
‘ट्राफिक सचेतना कार्यक्रममा यात्रुबाहक सवारीको सिट क्षमता अनुगमन, सडक प्रयोगकर्ता प्रशिक्षण, यात्रु सचेतना, शैक्षिक संस्थामा विद्यार्थीलाई प्रशिक्षण, विद्यार्थीलाई ट्राफिक सचेतना, ग्रामीणस्थलमा सचेतना, सवारी चालकको स्वास्थ्य जाँच, स्टिकर टाँस, बढी भाडा र आरक्षण सिट अनुगमन कार्यक्रम गरिएको छ।’ प्रहरी निरीक्षक दिपक केसीले भने ।
बारामा चालु आर्थीक वर्षमा हाल सम्म ८३ जनाको सवारी दुर्घटनामा मृत्यु भइसकेको छ । केही समययतादेखि राजमार्गमा भन्दा हुलाकी सडकहरूमा दुर्घटना बढी भइरहेकाले ट्राफिक नियम पालना गरी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहँदै आएका छन ।