संसद्मा देखिएको गतिरोध लगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा प्रमुख दलका शीर्ष नेताहरू सिंहदरबारमा जुटेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रमेश लेखक सहभागी छन्।

स्रोतका अनुसार संसद् सञ्चालनमा देखिएको अवरोध हटाउने र राजनीतिक सहमति निर्माणका सम्भावनाबारे छलफल केन्द्रित छ। छलफल जारी रहेको र केही निर्णयमा पुग्ने सम्भावना रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय