गएराति आएको हुरीले बोट ढालेर बाराको निजगढ नगरपालिकाका किसानहरुले लगाएको करोडौं मूल्य बराबारको केरा खेती नष्ट पारेको छ ।

पानीसंगै आएको हावाहुरीले ढालेर बाराको निजगढ नगरपालिकाका किसानको करिव ४ करोड रुपैया मूल्यको केरा खेति नष्ट भएको हो ।

हुरीले पाक्ने बेला भएको केराकोबोट ढालेपछि निजगढ नगरपालिकाका किसानको ४ करोडभन्दा बढी रकम बराबरको केरा खेती नष्ट भएको बारा जिल्ला फलफुल तथा केरा उत्पादक संघका अध्यक्ष एकबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार हुरीले नगरमा किसानले गरेको केरा खेतीमा पु¥याएको विवरण संकलन गर्ने कार्य भइरहेको र वडा नम्बर ९ मा सबैभन्दा बढी क्षति भएको छ ।

हुरीले भर्खर पसाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढालेको किसानहरुले बताएका छन । केरा पकेट क्षेत्रको रुपमा रहेको बाराको निजगढ नगरपालिकामा एक बिघा जमिनमा किसानले एक सिजनमा ४ देखि ६ लाखसम्म आम्दानी लिदै आएका थिए । तर बेच्ने बेला भएपछि आएको हुरीले किसानको केरा खेतीमा क्षति गरेको र किसानहरु समस्यमा परेको निजगढ नगरपालिका वडा नम्बर ९ का केरा खेती किसान मानबहादुर श्रेष्ठले बताए ।

‘वडा नम्बर ९ मा मात्रै २ करोडभन्दा बढीको केरा खेती नष्ट भएको छ’, स्थानीय किसान मानबहादुर श्रेष्ठले भने वडामा किसानले लगाएको २३ सयभन्दा बढी केराको बोट हुरीले ढालेको छ । उनका अनुसार हुरीले वडा नम्बर ९ का चित्रप्रसाद चौलागाईलगायत दर्जनौं किसानको केरामा क्षति पुगेको छ ।

यता उखुबाट पिडित अधिकाशं किसानहरुले केरा लगाएको तर केरा खेती पनि हावाहुरीले नष्ट गरेपछि यहाँका किसानहरुलाई समस्या परेको अर्का किसान करिना तामाङ वलले बताईन । उनले केरा खेतमा ठुलो क्षती भएकोले राज्यले किसानलाई क्षतीपुर्ती उपलब्ध गराउनु पर्ने माग गरेका छन ।

बाराको निजगढ नगरपालिका केरा खेतीको लागि पटेक क्षेत्र हो । केरा ब्लकबाट बिकसित हुदै केरा जोनको रुपमा स्थापित यस नगरपालिका भित्र मात्रै करिव १२ सय बिघा भन्दा बढी क्षेत्रफलमा किसानहरुले व्यावसायिक केरा खेती गर्दै आएका छन् । अन्य बालीको तुलनामा खेती गर्न सजिलो, मिहेनत कम र आम्दानी बढी हुने गरेको किसानहरु बताउँछन् । केरा व्यापारीहरुले खेत बारी मैं आएर उत्पादन उठाईदिने र हातोहात नगद पाईने हुदा यो व्यावसाय बाराका निजगढ र अन्य पालिकामा फस्टाउदै आएको छ ।

केरा पकेट क्षेत्र घोषणा भएपछि निजगढका सयौं किसानले केरा खेती गर्दैआएका छन । निजगढमा उत्पादन भएको केरा प्रतिघारी ६ सयदेखि ९ सय रुपैयासम्ममा बिक्री हुदैआएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय