काठमाडौं । उज्बेकिस्तानको टाशकन्टमा आयोजना हुने २१औं एसियाली सिनियर कराते प्रतियोगिता (AKF) मा सहभागी हुने नेपाली राष्ट्रिय टोलीका खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूलाई नेपाल कराते महासंघले ट्रयाकसुट र टोपीसहितको खेल पोशाक वितरण गरेको छ।
आज आयोजित एक औपचारिक कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र कोषाध्यक्ष तथा टोली प्रबन्धक किशोर भट्टराईले राष्ट्रिय टोलीका सम्पूर्ण सदस्यहरूलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए । खेल पोशाक महासंघका कोषाध्यक्ष भट्टराईको पहलमा उपलब्ध गराइएको थियो ।



पूर्व राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव समेत रहेका अध्यक्ष लामाको नेतृत्वमा पछिल्ला दुई वर्षमा नेपाली करातेले ऐतिहासिक सफलता हासिल गरेको महासंघले जनाएको छ । खेलाडी र प्रशिक्षकहरूका अनुसार अन्तर्राष्ट्रिय क्षेत्रमा करातेको स्तर उल्लेखनीय रूपमा उक्लिएको छ ।
२१औं (AKF) प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूः
पुरुष (कुमुते):
साजन मोक्तान – ५५ के.जी.
मिन बहादुर तामाङ – ६० के.जी.
सन्तोष श्रेष्ठ – ६७ के.जी.
मोहम्मद सेखु आलम – ८४ के.जी.
तेन्जिङ शेर्पा – +८४ के.जी.
सोनिम मानन्धर – (काता)
महिला (कुमुते):
अञ्जली महर्जन – ५० के.जी.
सबिना श्रेष्ठ – ५५ के.जी.
निरुपा दोङ तामाङ – ६१ के.जी.
एरिका गुरुङ – +६८ के.जी.
सानु माया थिङ – (काता)
प्रशिक्षकहरूः
कुशल श्रेष्ठ
मन्डे काजी श्रेष्ठ
टोली प्रबन्धकः
किशोर भट्टराई
नेपाल कराते महासंघले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र नेपाली टोलीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको जनाएको छ।







