नेपाली सेनाले सञ्चालन गरेको रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा मध्य पुर्वि पृतना हेडक्वार्टर बर्दिवबासमा गत बैशाख २२ गतेबाट सञ्चालन भएको थियो ।



अभिमुखीकरण कार्यक्रमको शुक्रबार एक कार्यक्रम बीच निमित्त पृतनापती खत्रीले समापन गरेका थिए ।
नेपाली सेना सम्बन्धी जानकारीमूलक कक्षा संचालन गरी आधारभूत ज्ञान दिलाउने उद्देश्यका साथ सञ्चालन भएको उक्त कार्यक्रममा विभिन्न मिडिया हाउसमा कार्यरत २७ जना रक्षा संवाददाताहरुको सहभागिता रहेको थियो । ५ दिने उक्त कार्यक्रममा नेपाली सेनाको सांगठनिक संरचना तथा विभिन्न विभागहरुको जिम्मेवारी, विविध गतिविधिहरु, अन्तरक्रिया लगायत बाराका ऐतिहासिक स्थलगत सिम्रौनगढ नगरपालिका र कलैया उपमहानगरपालिकाको भरत चोकमा नेपाली सेनाले निर्माण गरेको बारागढीको स्मारक भ्रमण समावेश गरिएको थियो ।
समापन समारोहमा मध्य पुर्वी पृतनाका निमित्त पृतनापती भुबन खत्रीले कार्यक्रम सफलतापूर्वक पूरा गर्ने सञ्चारकर्मीहरूलाई बधाई ज्ञापन गर्दै प्रमाणपत्र वितरण गरे ।
साथै, नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्दै आएका पृतनाको जिम्मेवारी क्षेत्र अन्तर्गतका ४ वटा एफ.एम. रेडियो स्टेसनहरूलाई प्रोत्साहन स्वरूप सम्मान गरिएको थियो ।
नेपाली सेनाले प्रत्येक वर्ष केन्द्रिय तथा सबै पृतना स्तरमा सञ्चारकर्मीहरुलाई समावेश गरी रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यस प्रकारको कार्यक्रमले रक्षा संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता प्रदान गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।






