पूर्व पश्चिम लोकमार्ग अन्तरगत बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित अमलेखगंजमा रहेको ३ नम्बर पुल नजिक सवारी दुर्घटना हुदा १९ जना घाईते भएका छन् ।

काकडभिट्टाबाट पोखरा जाँदै गरेको ग २ ख १६५५ नम्बरको यात्रुबाहक बसले पोखराबाट रौतहतर्फ आउदै गरेको ग १ ख ११५४ नम्बरको यात्रुबाहक बसको पछाडि भागमा ठक्करदिदा ठक्करपछि अनियन्त्रित भई पोखराबाट रौतहतर्फ आउदै गरेको यात्रुबाहक बसले पथलैया–हेटौँडा सडकखण्डमा सडकको छेउमा बिग्रिएर रोकिएको प्रदेश २–०३–००१ ख ५१८७ नम्बरको ट्रकमा ठोक्किएको हो ।

कोइलाले भरिएको यक्त ट्रकमा ठोक्किएको बस अनियन्त्रित भई सडकबाट करिब पाँच मिटर तल खसेको बारा प्रहरीले जानकारी दिएको छ।

घाईतेहरुको हेटौँडा सामुदायिक अस्पताल र अकल बहादुर कार्कि अस्पताल हेटौँडामा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

दुर्घटनाग्रस्त बस र बस चालक चितवनको राप्ति नगरपालिका– ३ बस्ने ४७ वर्षिय तिलक बहादुर थापा मगरलाई ईलाका प्रहरी कार्यालय अमलेखगंजले नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले बताए ।

सवारी दुर्घटना हुदा घाईते हुनेमा ग २ ख १६५५ नम्बरको बस चालक कास्कीको रुपा गाउँपालिका–७ बस्ने ४० बर्षीय रवि कुमार ताम्राकार, सोही बसका सहचालक कास्किका ५० बर्षीय बासुदेव अधिकारी, तनहुँको भानु नगरपालिका–८ बस्ने ३० बर्षीय अनिल कुमार बस्नेत, ईलामको ईलाममाई नगरपालिका–४ बस्ने ३१ बर्षीय राजेन्द्र सुनुवार, पाँचथरको फिदिम नगरपालिका–५ बस्ने ३२ बर्षीय खर्क सिंह तुमवापो, भारतको भङकुरा बस्ने ४६ बर्षीय बिलाश दाश, सप्तरीको रुपनि गाउपालिका–३ बस्ने २८ बर्षीय रबिन्द्र माझि रहेका छन ।

यस्तै धाईते हुनेमा सप्तरीको हलुवा नगरपालिका–१ बस्ने २० बर्षीय भरत ईश्वर, पाँचथरको हिलेहाङ गाउपालिका–६ बस्ने ६० बर्षीयी बुद माया याव, सल्यानको कालिमाटि गाउपालिका–३ बस्ने २८ बर्षीयी पुष्पा वलि, ईलामको सुर्यदैले नरपालिका–१२ बस्ने २२ बर्षीयी मनिषा राई, झापाको दमक नगरपालिका–१ बस्ने २० बर्षीयी निशा लिम्बु, दोलखाको बिष्णु गाउपालिका–५ बस्ने १९ बर्षीय अनुराग खड्का, भारतको सिलोङ बस्ने २५ बर्षीय रेशम थापा, सोही स्थानका २८ बर्षीय सागर क्षेत्रि, ईलामको देवमाई नगरपालिका–८ बस्ने २९ बर्षीय दल बहादुर राई, ईलामकै ईलाम नगरपालिका–१ बस्ने ३७ बर्षीय तेज बहादुर राई, सोही स्थान बस्ने २७ बर्षीय संजिव राई, र खोटाङको केपिलास गढि गाउपालिका–७ बस्ने ३२ बर्षीय टेक बहदुर राई रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय