
नेकपा एमाले जितपुरसिमरा उपमहानगर कमिटीको दोस्रो नगर अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आज नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ।
नवनिर्वाचित उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाहलाई निर्वाचन कमिटीका अध्यक्ष दिवाकर भण्डारीले शपथ गराएका थिए। त्यस लगत्तै अध्यक्ष त्रिलोक विक्रम शाहले पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए।



कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेले नेकपा एमाले सरकारमा गएपछि मुलुकको आर्थिक अवस्था सुदृढ हुँदै गएको दाबी गरे। उनले जनताको पक्षमा काम गरेर देखाउने पार्टी एमाले मात्रै भएको स्पष्ट पार्दै नयाँ सोच र योजनाका साथ एमाले नेतृत्वको सरकार अघि बडिरहेको स्पष्ट गरे ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले एमालेका विरुद्धमा चौतर्फी घेराबन्दी भइरहेको उल्लेख गर्दै सबै घेराबन्दी तोडेर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गरे। उनले एमाले जनताको पार्टी भएकोले जनताको बीचमा बसेर कार्यकर्ताले काम गर्न पर्ने कुरामा जोड दिए।
कार्यक्रममा एमाले केन्द्रीय कमिटीका सदस्य तथा जितपुरसिममरा उपमहानगर कमिटिका पूर्व इन्चार्ज अरविन्द सिंह, एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, जिल्ला कमिटी बाराका अध्यक्ष अध्यक्ष अद्यानन्द पाण्डे, नवनिर्वाचित अध्यक्ष त्रिलोक विक्रम शाह, हिरा बस्नेत लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रममा केन्द्रीय कमिटी सदस्य बलवीर चौधरी, एकवाल मिया, मञ्जु थापा, सरस्वती चौधरी, प्रदेश कमिटीका सदस्यहरू देवनारायण चौधरी किशोर शर्मा,सीता गुरुङ, चयन गुरुङ कमलेश झा, जिल्ला कमिटी उपाध्यक्ष भुलन चौधरी, उपसचिवहरू जबाहिर अन्सारी, भावना आचार्य, क्षेत्र नम्बर ४ का संयोजक ध्रुव यादव, क्षेत्र नं ३ का संयोजक अनिल मैनाली जिल्ला कमिटीका सदस्य लगायतको उपस्थिति रहेको थियो।
अध्यक्ष मण्डलका सदस्य तथा निवर्तमान नगर अध्यक्ष भोलाप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण रमेश सापकोटा र स्वागत अध्यक्ष मण्डलका सदस्य तथा प्रदेश कमिटी सदस्य सुन्दर विकले गरेका थिए।