नवनियुक्त शिक्षा मन्त्री पन्तलाई शपथ काठमाडौँ, १२ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौं । नव नियुक्त शिक्षामन्त्री रघुजी पन्तले पद तथा गोपनियताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले बुधबार पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री नियुक्त गरेका थिए ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । माधव नेपाल नेतृत्वको समूहका एक प्रभावशाली नेता पन्त अन्तिम समयमा पार्टी विभाजनको विपक्षमा उभिएका थिए। नव नियुक्त शिक्षामन्त्री पन्तको काँधमा तत्काल शिक्षक आन्दोलनलाई टुंग्याएर विद्यालय शिक्षा विधेयक अगाडि बढाउनुपर्ने जिम्मेवारी छ । शिक्षकहरू शिक्षा ऐनको माग गर्दै शैक्षिक हड्ताल गरेर २३ दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय