बाराको सिम्रौनगढ नगरपालिका– ६ अमरपुर टोलमा फागुन २४ गते दिउँसो ड्युटीमा खटिएको प्रहरीलाई काम करवाहीमा बाधा गरी अभद्र व्यवहार गरेको अभियोगमा सोही नगरपालिका– २ बस्ने ४५ वर्षीय भोला साह कानुलाई मगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानको नेपाल भारतको सिमानाकाबाट लागु औषध ओसारपसार कारोबार भईरहेको सुचना आधारमा चेकजाँच गर्न पुगेका प्रहरीलाई चेक जाँच तथा सोधपुछ गर्ने क्रममा १०/१५ जनाको समुहमा आएका मानिसहरूले प्रहरी कार्यमा बाधा अवरोध पुर्याई अभद्र व्यवहार र हातपात गरेपश्चात उनलाई पक्राउ गरेको हो ।

प्रहरीसंग हातपात तथा अभद्र व्यवहार समेत गरी भागी फरार भएको समुहको खोज तलास गर्दै जाँदा कलैया उपमहानगरपालिकाको कलैया बजारबाट सोमबार नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरीरहेको छ भने फरार रहेका अन्य व्यक्तिको समेत खोज तलास भईरहेको बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले बताए ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीलाई अबरोध गरेपश्चात प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा प्रहरीलाई गालीगलौज तथा हातपात गरेपश्चात उनीहरु त्यहाँबाट भागेका थिए । यस सम्बन्धमा प्रहरीले फरार व्यक्तिहरुको खोजी तथा पक्राउ गरेकालाई अभद्र व्यवहार मुद्दा दर्ता गरी कानूनी कारवाही प्रकृया अगाडी बढाई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय