जाजरकोट । सडक सञ्चालन भएको १५ बर्ष पछि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले जाजरकोटमा तीनवटा पुलका शिलान्यास गरेका छन् ।पश्चिम जाजरकोटमा दुईवटा बेलिब्रिज र एउटा पक्की पुल शिलान्यास गरिएको हो ।
बैशाख ६ गते २ ओटा आइतवार एउटा पुलको शिलान्यास गरिएको मन्त्रीका प्रमुख स्वकीय सचिव ललित बस्नेतले बताए । जाजरकोट पश्चिमको छेडाचाँदे सडक खण्ड अन्तर्गत शिवालय ९ र छेडागाड १ जोड्ने रिठेखोला मोटरेवल पुल, छेडागाड ६ देखि जुनीचाँदे ५ जोड्ने बेलिबृज र मनाघाट बेलिबृज पुलको शिलान्यास भएको बस्नेतले बताए ।



कार्यक्रममा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाको उपस्थिति रहेको थियो । कार्यक्रममा पुलको शिलान्यास गर्दै मन्त्री शाहले जाजरकोटका जनताले विगतका दिनहरुमा भोग्दै आएको कष्टकर आवतजावत, दैनिक उपभोग्य सामग्रीदेखि विकास निर्माण ढुवानीसम्मको समस्या अब अन्त्य हुने बताएका छन् । बर्षै देखि खोलाहरुमा पुल निर्माण नहुँदा सास्थी खेप्दै आएका यस क्षेत्रका नागरिकले बिकासको आशा पलाएको बताएका छन् ।
बर्षेनी रिठेखोलामा पुल नहुँदा यस क्षेत्रका नागरिकले भोग्दै आएको समस्या समाधान हुने आशा जागेको छेडागाड नगरपालिका १ का पूर्व वडा अध्यक्ष गणेश प्रसाद जैसीले बताए । जिल्लामा मन्त्री धेरैभए देखिने जनताका बास्तीक बिकास कसैले काम गरेका थिएनन् । उनले भने् आर्थीक मामिला तथा योजना मन्त्रीले गरेको कामले नागरिकहरुमा बिकासले गति लिएको महसुस भएको वडा अध्यक्ष जैसीले बताए ।
आफूले गरेको प्रतिवद्धता अनुसारका कामहरु धमाधम सुरु भएको आर्थिक मामिला तथा योजना मन्त्री राजिब बिक्रम शाहले बताए । २०७० सालको निर्वाचनमा जाजरकोट थलह बजार सम्म बससञ्चालन गर्ने आफनो प्रतिवद्धता रहेको थियो । त्यस्तै २०७९ को प्रदेश सभा निर्वाचनमा सानाखोला सम्म सड्क कालोपत्र गर्ने आफनो प्रतिबद्धता रहेको समेत बताएका छन् । छेडाचाँदे सडक खण्डको स्तरउन्नती संगै यस क्षेत्रमा धमाधम पुल निर्माणको काम सुरु भएकोउनको भनाइ छ । बिकास निर्माणमा आफू कुनै सम्झौता नगर्ने समेत उनको भनाइ छ ।
शिलान्यास गरिएका पुलको कार्य समयमै सम्पन्न हुने बताउँदै निर्माण कम्पनीलाई पनि तोकिएको मितिमै गुणस्तरीय पुलको काम सम्पन्न गर्न मन्त्री शाले निर्देशन दिएका थिए ।
यसै बिच मन्त्री शाहले छेडागाड नगरपालिका ६ र जुनीचाँदे ४ जोड्ने कालेखोला मोटरेलव पुलको समेत स्थलगत निरिक्षण गरेका थिए । लामो समय अलपत्र परेको उक्त पूल समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई शाहले निर्देशन समेत दिएका छन् ।






