काठमाडौं। नेपाल प्रहरीम नायव महानिरीक्षक (डीआईजी) १० जना डीआईजी पद रिक्त भएको छ । वैशाख ४ मा बढुवा समितिले ६ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेसँगै १० डीआईजीको पद खाली भएको हो ।

उनीहरुले बढुवाका लागि शक्ति केन्द्रमा दबाब बढाइरहेका छन् । यौ दौडको पहिलो नम्बरमा २०५४ चैत १८ मा भर्ना भएका सुदर्शन कोइराला र दीपक रेग्मी छन् । तर, उनीहरूसँगै भर्ना भएका दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारी चाहिँ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा सिफारिस भैसकेका छन् ।

राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर प्रहरीको जनपद समूहमा आएका १० डीआईजी हुने दौडमा छन् । राष्ट्रिय अनुसन्धान विभागबाट आएका ओमबहादुर राना, माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, शारदाप्रसाद चौधरी, विनोद घिमिरे, जयराज सापकोटा, सञ्जीव शर्मा दास, सुरेन्द्रबहादुर गुरुङ, दिलीपसिंह देउवा र दीपककुमार बस्नेत डीआईजीको प्रतिस्पर्धीमा छन् ।

ओमबहादुर राना, दिलीपसिंह देउवा, सुरेन्द्रबहादुर गुरुङ र माधव प्रसाद श्रेष्ठ २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका थिए । दीपेन्द्र घर्ती क्षेत्री २०५५ जेठ ७ मा, दीपककुमार बस्नेत, विनोद घिमिरे र जयराज सापकोटा २०५४ माघमा राअमा सेवा प्रवेश गरेका हुन् ।

ओम बहादुर राना, दिलीप सिंह देउवा, सुरेन्द्रबहादुर गुरुङ र माधव प्रसाद श्रेष्ठ २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएका थिए ।

दीपेन्द्र घर्ती क्षेत्री २०५५ जेठ ७ मा, दीपककुमार बस्नेत, विनोद घिमिरे र जयराज सापकोटा २०५४ माघमा राअमा सेवा प्रवेश गरेका हुन् ।

उता प्रहरीमै भर्ना भएका टोलीमा १८ चैत २०५४ र ३ असार २०५६ मा निरीक्षक पदमा प्रवेश गरेका अधिकृतहरु प्रतिस्पर्धामा छन् । प्रथम सूचीमा वरिष्ठ उपरीक्षक भएका विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अवि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शमशेर जबरा, गोपाल चन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन प्रतिस्पर्धामा छन् ।

२०८० पुसमा भएको प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतले ज्यान गुमाएका थिए । खनाल अहिले उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।

डीआईजी नहुँदा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय एसएसपीको भरमा चलिरहेका छन्। त्यहाँ कार्यरत डिआईजीहरु ४ चैतमा अनिवार्य अवकाशमा गइसकेका हुन् । प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार जतिसक्दो छिटो डीआईजी बढुवा गरी ती प्रदेशमा पठाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय