नेपाल प्रहरीको जवान पदको लिखित परीक्षामा संलग्न ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
मध्यबानेश्वरस्थित रत्नराज्यस्कुल परीक्षा केन्द्रबाट शनिबार ६ जना पक्राउ परेका हुन्।



पक्राउ पर्नेहरुमा दोलखाका मोहन सुनुवार र आकाश खड्का, कालिकोटका गोपाल शाही, सुर्खेतका मनोज शर्मा र उमेश शर्मा तथा जुम्लाका मिन रावल छन्।
प्रवेशपत्रमा आफुहरुको फोटो टाँसेर उनीहरु परीक्षा दिन दिएका थिए। उनीहरुलाई थुनामा राख्न अदालतबाट पाँच दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।






