माेरङ। माेरङकाे सुन्दरहरैंचामा तेस्रो मेयर कप फुटबल प्रतियोगिता नगर खेलकुद विकास समितिको आयोजनामा हुने भएको छ। नगरकाे पचाम खेल मैदानमा हुने पालिका स्तरीय प्रतियोगिता वैशाख ६ देखि १३ गतेसम्म सञ्चालन हुने भएको हाे ।
प्रतियोगितामा मोरङ र सुनसरीका विभिन्न पालिकाबाट ८ वटा फुटबल टीमहरूको सहभागिता रहने समितिका सदस्य सचिव खड्ग श्रेष्ठले जानकारी दिए । उनले प्रतियाेगितामा प्रथम हुने टिमलाई रू ४ लाख तथा दाेस्रो हुने लाई २ लाखका साथमा ट्रफि मेडल र प्रमाणपत्रका साथमा अन्य विधागत पुरस्कारको व्यवस्था रहेको उल्लेख गरे ।



खेलकुदको माध्यमबाट नगरको पहिचान बढाएर खेलाडी माझ सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयाेजकाे भनाइ रहेको छ ।
प्रतियोगितामा सहभागी टिमहरूमा इटहरी उपमहानगरपालिका, लेटाङ नगरपालिका, पथरीशनिश्चरे नगरपालिका, केराबारी गाउँपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका , दुहबी नगरपालिका र सुन्दरहरैंचा नगरपालिका रहेको उल्लेख गरिएको छ ।






