बुटवल । बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ । शनिबार बिहान करिब साढे ९ बजे बुटवल–११ बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो।

क्षेत्रीको ढाडमा गोली लागेको बुटवल प्रहरीले जनाएको छ। उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । पाल्पा घर भएकी क्षेत्री बुटवल बस्दै आएकी थिइन् । घटनाबारे विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय