काठमाडौं, ४ बैशाख । आगामी फागुनमा महाधिवेसन गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीले प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ।

बनस्थलीस्थित केन्द्रिय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले सर्वसम्मत रूपमा प्रदेश इन्चार्जहरूको जिम्मेवारी तोकिएको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

उनका अनुसार कोशी प्रदेशमा सन्तोष परियार, मधेस प्रदेशमा मनीष झा, बागमती प्रदेशमा लीमा अधिकारी, गण्डकी प्रदेशमा शिशिर खनाल, लुम्बिनी प्रदेशमा विपिनकुमार आचार्य, कर्णाली प्रदेशमा गणेश पराजुली र सुदूरपश्चिम प्रदेशका लागि हरि ढकाललाइ जिम्मेवारी तोकिएको छ ।

रास्वपाको महाधिवेसन फागनु ७-९मा चितवनमा हुने

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेसन २०८२ फागुनमा हुने भएको छ । आज बसेको केन्द्रिय कार्यसमितिको बैठकले २०८२ फागुन ७–९ गते चितवनमा गर्ने निर्णय गरेको हो ।

वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र कार्यतालिका सर्वसम्मत रूपमा पारित गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार जसका लागि २०८२ असोज भित्र वडा अधिवेशन, कार्तिकभित्र पालिका अधिवेशन, मङ्सिरभित्र जिल्ला अधिवेशन र माघ १५ भित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्ययोजनासमेत तय गरेको छ।

उनका तलवाट सुरू गरिएका अधिवेशनहरू सम्पन्न भएपछि फागुन ७–९ मा राष्ट्रिय महाधिवेशन आयोजना गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय