नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले काग्रेस र एमाले मिलेर सरकार बनेको बेला गरिएको प्रतिबद्धता सधै पुरा भएको बताए । अहिले पनि सबिधान सम्शोधन र सुशासनका लागि दुई पार्टीको सरकार बनेकोले गरिएको प्रतिबद्धता पुरा हुने गरेको थापाको भनाई रहेको छ ।

नेपाली काँग्रेस बारा निर्वाचन क्षेत्र नम्बर ३ द्धारा आयोजित क्षेत्रिय सम्मेलनलाई बाराको बडर्हवामा सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहनु भएका महामन्त्री थापाले सरकारको गति सुस्त बनेको बताउदै सरकारको समिक्षा गर्ने समय आएको भएपनि काग्रेस सरकार फेरबदलमा नलाग्ने आग्रह गरे ।

अहिलेको सरकार नढल्ने उदघोष गर्दै महामन्त्री थापाले सरकारले अझै जवाफदेही भएर जनताको आसा र भरोसा पुरा हुने खालको कामहरु गर्न सरकारलाई आग्रह गरेका थिए ।

सरकारसंग पनि तल्लो पिधमा बसेको नागरिकहरुको दुखेसो रहेको हुदा बिकास र समृद्धिलाई अझै उचाईमा पुगाई गठबन्धनको सरकारको महत्वलाई अझै बढाउनका लागि आग्रह गरेका थिए ।

२०८३ मंसिर यतै नेपाली काग्रेसको महाधिबेशन सम्पन्न हुने बताउदै महामन्त्री थापाले बिधानमै तोकिएकोले महाधिबेशन कुनै पनि बहाना बनाएर सार्न नमिल्ले बताए ।

संविधान संशोधन मार्फत सवैको सर्व स्वीकार्य हुने संविधान परिकल्पना नै काँग्रेसको अवको बाटो हुनु पर्ने बताउदै महामन्त्री थापाले संविधानमा रहेको केही क्रुटीलाई संशोधन गरी दलित, आदीवासी जनजाती, मुस्लिम, अल्पसंख्यक र पछाडी परेका बर्ग, समुदायलाई पनि राज्यको मुलधार सम्म ल्याउने बाटो खुल्ला गर्नु पर्ने सुझाए ।

नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधानलाई सबै दलहरुको सहमतिमा संशोधन गरि अगाडी बढन अभिभरा काँग्रेसको काँधमा रहेको चर्चा गर्दै महामन्त्री थापाले दलहरुसंग छलफल, परामर्श, संम्वाद चलाउनु पर्ने आवश्यकतामा जोड दिए ।

संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल देशको आवश्यकता रहेको हुदा यसलाई संस्थागत गर्ने पनि नेपाली काँग्रेसले पहल कदमी गर्नुपर्ने तर्क प्रस्तुत गर्दै महामन्त्री थापाले संघियतालाई पनि थप सुढृड गरिदै कम भन्दा कम खर्चमा कसरी यसलाई टिकाउन सकिन्छ भने विषयमा छलफल बहस चलाउनु पर्ने कुरामा जोड दिए ।

संघियतालाई नरुचाउने शतिmहरुले यसको नकरात्मक टिप्नी गरिरहेको हुदा संघियतालाई खतरामा पार्नेहरुलाई लोतन्त्रमा विस्वास गर्ने शतिmहरु एकजुट भई संघियतालाई जोगाई राख्नुपर्ने उनले बताए ।

आर्यघाटमा गईसकेको राजतन्त्रलाई फेरीपनि जिउदो गर्ने केही ब्यतिmहरुले दिउसोमा सपना देखे जस्तो गरेको बताउदै अवपनि राजतन्त्र फर्कन्छ भने कल्पना नगर्न चेतावनी दिए ।

महामन्त्री थापाले मधेस बिनाको काँग्रेस कल्पना समेत गर्न नसिकने बताउदै मधेसमा काँग्रेस कमजोर हुदा सिंह दरवारमा समेत काँग्रेस कमजोर भएको ईतिहास साक्षी रहेको स्मरण गराए ।

निकट भविष्यमा काँग्रेसले मधेस जागरण अभियानको थालनी गर्ने भन्दै महामन्त्री थापाले काँग्रेसका नेता सहित फरक रुपमा पनि खाडीमा दुख पाएका ब्यतिm, नागरिक अगुवा, किसान, समाजसेवी, ब्यापारी, उधोगी, शिक्षक लगायतका ब्यतिmहरु संग सम्वाद गर्ने बताए।

फरक प्रसंगमा महामन्त्री थापाले अव मिसन ८४ मा नेपाली काँग्रेस पार्टी कुनैपनि पार्टीहरुसंग गठबन्धन नगर्ने ठोकुवा गर्दै एक बर्ष भित्रमा पार्टीले उल्लेखनिय काम गरेर जनतालाई प्रभावकारी र उल्लेखनिय सन्देश दिने बनाउनुपर्ने कुरामा जोड दिए ।

मधेसमा मलखाद सहुलियत रुपमा उपलब्ध गराउदै बेरोजगार युवाहरुलाई अवको एक बर्ष भित्रमा नै नेपाल भित्र रोजगारीको सृजना गर्ने सम्मको भिजन बनाई काँग्रेसले अवको बाटो तय गर्नुपर्नेमा आफु ढृड रहेको महामन्त्री थापाले भने ।

देशभरीमा देखिएको सदस्यता नवीकरण र न्याँ सदस्यता प्रदानको बिषय समस्याको रुपमा देखिएको हुदा यसलाई सबै जना मिलेर हल गर्ने गरि अगाडी बढन सुझाव समेत दिए ।

क्षेत्रिय सभापति प्रभात कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पार्टीका सहमहामन्त्री फरमुलह मंसुर, अर्का सहमहामन्त्री उमाकान्त चौधरी, केन्द्रीय सदस्य प्रकाश स्नेही रसाईली, प्रदेशका उपसभापति द्धय चन्द्रशेखर यादव, बिरेन्द्र सिह, सहमहामन्त्री जयनारायण यादव, जिल्ला सचिव भैयाराम यादव, नेपाली काँग्रेस बारा निर्वाचन क्षेत्र नम्बर १ का सभापति बिजयशंकर यादव, महागढीमाईका नगरप्रमुख उपेन्द्र यादव, महिला नेतृ मेघा शाही, क्षत्रिय सचिव राजेश भंण्डारी लगायतका नेताहरुले सम्मेलनको सफलताको शुभकमना ब्यतm गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय