वीरगन्ज । वीरगन्जमा दुई समुदायको झडपमा आबद्ध रहेका केही युवालाई प्रहरीले नियन्त्रणमा लिएपछि फेरि प्रदर्शन पछी तनावग्रस्त भएको छ ।
गत ३० चैतमा भएको झडपमा धार्मिक सदभाव बिगार्ने आरोपमा चार जनालाई प्रहरीले केहिबेर अगाडि पक्राउ गरेपछि प्रदर्शन चर्किएको हो ।



प्रदर्शनकारीहरुका अनुसार पर्सा प्रहरीले विनाकारण आफ्नो समुदायका युवालाई पक्राउ गरेको भन्दै प्रदर्शनमा आएको बताएका छन ।
अहिले घण्टाघर ,घडिअर्वा चोक सहित विभिन्न ठाँउमा प्रदर्शनकारीहरु टायर बालेर प्रदर्शन गरीरहेका छन । प्रदर्शन हुन थालेपछि व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले दुवै समुदायबाट २/२ जनालाई पक्राउ गरेको थियो । यसअघि प्रशासनले दुई समुदायबिच सद्भाव भड्किन थालेको भन्दै र वीरगन्जमा कर्फ्यु लगाएको थियो । वीरगन्जको केहि क्षेत्रमा अझै निषेधाज्ञा जारी नै छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि भइरहेको प्रदर्शनको समाचार संकलन गर्न गएका एभिन्युज टिभीका सञ्चारकर्मी अर्जुन गुप्ता र ओझा घाइते भएका छन ।
प्रदर्शनमा चलेको ढुङ्गाले गुप्ताको टाउकोमा चोट लागेको छ भने ओझा खुट्टामा चोट लागेको छ । उनीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको पत्रकार सफल खतिवडाले बताए ।






