एमाले नगर कमिटी जीतपुरसिमरा उपमहानगरपालिकाको दोस्रो अधिबेशनबाट पदाधिकारीमा त्रिलोक बिक्रम शाहको प्यानलनै विजयी भएको छ ।
आज भएको मतदानपश्चात मंगलबार राति सार्वजनिक भएको नतिजाअनुसार अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईटा उपसचिव पदमा शाह पक्षका उम्मेदवार विजयी भएका छन ।



अध्यक्षमा शाहले २०७ मत ल्याएर विजयी हुँदा उनीसँग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका तारा (हिरा) बस्नेतले १०६ मत ल्याएको निर्वाचन समितिले जानकारी गराएको छ ।
शाहको समूहबाटै उपाध्यक्षमा कैमुदिन अन्सारीले १८६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सुनिल कुमार गुप्ताले १२२ मत ल्याए ।
यस्तै सचिवमा रबिन्द्र भण्डारीले १६५ मत सहिच विजयी भएका छन्। भण्डारीले १६८ मत प्राप्त गरी विजयी हुदाँ उनका प्रतिस्पर्धी रमेश कुमार पौडेलले १३८ मत प्राप्त गरे ।
यसैगरी उपसचिवमा बिष्णु प्रसाद सापकोटाले १९५ र महिला उपसचिव अलौपिया चौधरीले १८२ मत सहित विजयी भए भने उनीहरुका प्रतिस्पर्धी इम्तियाज अन्सारीले १०१ तथा समिता शर्माले १२४ मत सहित हार व्यहोनुपर्यो ।
चैत ३० गतेबाट सुरू भएको अधिवेशनले सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि अध्यक्षका दुई आकांक्षी त्रिलोक बिक्रम शाह र तारा (हिरा) बस्नेतले प्यानलै बनाएर चुनाव लडेका थिए।
कुल मत सङ्ख्या ३४८ रहेको नगर कमिटी जीतपुरसिमरा उपमहानगरपालिकामा ३२६ मतदान गरेका थिए ।







