नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेस प्रदेश कमिटीले जेठ १३ गते कार्यवाही गरी साधरण सदस्य समेत नरहने गरी कारबाही गरिएका तारा बहादुर कार्की यतिबेला एमाले जीतपुरसिमरा अधिवेशनमा सत्रिय भएका छन ।
नेकपा एमालेले जीतपुरसिमरा उपमहानगरपालिकाको अधिवेशनले निर्वाचन तालिका सार्वजनिक गरेसँगै यतिबेला उनी अधिवेशनमा आएर अनैतिक गतिबिधि गरेको प्रतिनिधिहरुको भनाई रहेको छ ।



जीतपुरसिमराका एमालेभित्र निर्वाचनको तयारीमा रहेको बेलामा विवादित व्यक्तिले आएर चलखेल गर्दा सम्म पार्टी, निर्वाचन समिति मुखदर्शक भएर बसेको छ ।
एमालेबाट सिमराजितपुर उपमहानगरपालिका वडा नम्बर ३ मा निर्वाचित वडाअध्यक्ष रहेको अवस्थामा पार्टीको निति विचार र सिद्धान्त विपरित सर्वसाधारण नागरिक संग घुस रकम लेनदेन गरिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ प्रमाणीत समेत भएका कार्कीलाई एमाले पार्टीको स्थापित विधी, परम्परा र विधानको धारा ८० को दफा १,३,७,८ र धारा ८१ वमोजीम पार्टीको प्रदेश कमिटी सदस्य र पार्टी सदस्य समेत नरहने गरी कारबाही गरिएको थियो ।








