निजगढ नगरपालिका वडा नम्बर ४ मा दुबै मृगौला बिग्रिएपछि उपचार खर्चको अभावले समस्या परेका एक युवकको उपचारमा परिवारले आर्थिक सहयोगको लागि अपिल गरेको छ ।
स्थानीय सन्जय कुवराको २३ बर्षिय छोरा सुपृत कुवरको खर्च अभावमा उपचारमा समस्या भएपछि परिवारले सर्वसाधारणसंग सहयोगको अपील गरेको हो ।



चार वर्षदेखि भरतपुर अस्पतालमा नियमित उपचार गर्ने क्रममा भएभरको सबै सम्पति र जायजेथा सकिएको र अहिले छोराको ज्यान बचाउन सहयोग खोज्नु परेको बुबा संजय कुवरले बताए ।
अस्पतालका चिकित्सकले एउटा मृगौला फेर्न थप करिव १३ लाख रुपैया खर्च लाग्ने बताएको र सो रकम जुटाउन सहयोगको माग गर्नुपरेको कुवरको भनाई छ । उनले छोराको उपचार खर्च जुटाउन मधेस प्रदेश सरकार र स्थानीय सरकारमा हारगुहार गर्दैआएको तर अहिलेसम्म कतैबाट पनि सहयोग नपाएको जानकारी दिए ।
छोराको ज्यान बचाउन सबैले यथासक्य आर्थिक सहयोग गरिदिन पनि अपील गर्नुभएको छ ।
पहिलो दृष्टिले सुपृत कुवरको खर्च अभावमा उपचारमा समस्या भएपछि पहिलो पटक समाचार तथा भिडियो माफत समचार प्रशारण गरेपछि बिभिन्न संघसस्थाले सहयोग गर्दै आएका छन ।
यसैबिच, नेपाल बिद्यार्थि संघ निजगढले सुपृत कुवरको उपचारका लागि १२ हजार प्रदान गरेको छ । संघका सभापति ईश्वर सापकोटा, जिल्ला उपसभापति अनिल खनाल , वडासदस्य सागर गौतम, गौरी शंकर क्याम्पस ईकाई सभापति दावा लामा, नेपाली काग्रेस ४ का वडा सभापति रुपेश कुमर, ईश्वरलाल गुरो लगायतले विपन्न कुमरलाई सहयोग गरी मानवीय सहयोग गरिदिनु हुन अनुरोध गरे ।






