मकवानपुर उपमहानगरपालिका–१६ का ३८ वर्षीय मिलन दंगालको हत्या भएको घटनामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ।

बुधबार बिहान, मकवानपुरको बाग्मती गाउँपालिका–८ भुवनचुतिस्थित हेटौंडा–धरान चतरा सडकको नालामा दंगालको शव फेला परेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, दंगालको टाउकोमा चोटपटक रहेको र बेलुका होटलमा आपसी झगडाको कारणले उनको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ। झगडामा संलग्न सात जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी प्रहरीले दिएको छ।

प्रहरी उपरीक्षक विश्वराज खडकाले घटनामा संलग्न सबैलाई पक्राउ गरी थप अनुसन्धान गर्न सुरु गरिएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय