हङकङको ओसन पार्कको पाण्डाले आफ्नो ३५औ जन्मदिन मनाएको छ ।
यस पाण्डालाई अहिलेसम्मकै सबै भन्दा बढी उमेरको पाण्डा भनिएको छ । पाण्डाको १०५ बर्षको इतिहासमा ३५ बर्षसम्म बाचेको यो पहिलो पाण्डा भनिएको छ ।
ओसन पार्कका अनुसार पाण्डाहरु सामान्यतया औसतमा २० बर्ष बाच्ने गरेको बताएको छ । तर मानिसले स्याहारसुसारपछि बढीमा ३० बर्षसम्म बाच्ने बताइएको छ ।
तर हङकङको ओसन पार्कमा रहेको यस पाण्डाको ३५औ जन्मदिन भव्यरुपमा मनाइएको छ । यस पाण्डाको जन्मदिनमा केक पनि काटिएको छ । यस अवसरमा पाण्डालाई मनपर्ने स्न्याक्स, ब्याम्बो शूट्स र फलफुल पनि दिइएको छ ।
यो पाण्डा चीनको सिचुआनमा जन्मएको हो । यसको चिनियाँ नाम एन एन हो । यो पाण्डासहित जोडीलाई चीनले हङकङ सरकारलाई १९९९ मा दिएको थियो । यस पाण्डाको साथि २०१६ मा ३८ बर्षको उमेरमा मरेको थियो । फिमेल पाण्डाको नाममा विश्वमै सबैभन्दा बढी उमेर बाँचेको किर्तिमान रहेको छ ।
अहिले ३५औँ जन्मदिन मनाएको यस पाण्डालाई ओसन पार्कले २२ बर्षदेखि हेरविचार गरिरहेको छ ।
विश्वका वाइल्डलाइफ फण्डको २०१४ को गणना अनुसार विश्वमा १८६४ पाण्डा जिवित रहेका छन् ।