बाराको निजगढ नगरपालिका-९ स्थित गौरीशंकर क्याम्पसमा आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनको सरगर्मी बढेको छ ।

आ-आफ्नो प्यानलसहित चुनावमा हामिएका अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघले शनिबारसम्म चुनाव प्रचारलाई तीव्र पारेसंगै क्याम्पसको चुनावको सरगर्मी बढेको हो ।

आजबाट मौन अवधि सुरु भएको छ । मतदाता विद्यार्थीहरुलाई आकर्षित गरेर निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न अन्य विद्यार्थी संघठनहरुले विभिन्न चुनावी मुद्दा अघि सारिरहेको छ ।

क–कसले दिए महिलालाई प्राथमिकता

स्ववियु निर्वाचनमा अनेरास्ववियुले उसको प्यानलमा महिला विद्यार्थी मैत्री र समावेशी भएको दाबी गरेको छ ।

अनेरास्ववियुले प्रतक्ष्यबाट चुनिने सचिवमा प्रेक्षा, कोषाध्यक्षमा ललिता सापकोटा, सदस्यमा नेहा कुमर, नेहा कुमारी ठाकुर र सम्रिता श्रेष्ठसहित ६५ प्रतिशत भन्दा बढी महिला विद्यार्थीलाई उम्मेदवार बनाएको छ । अनेरास्ववियुले आफ्नो संघठन महिलामैत्री र समावेशी भएको दावी गरेको छ ।

यस्तै समानुपातिकतर्फ अनेरास्ववियुले समानुपातीक तर्फको उम्मेदवार मोनिका घिमिरे, सारिका सुनार र सुहाना श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

उता, नेविसंघले भने पदाधिकारीमा सचिव पदमा मात्रै छात्रा उम्मेदवार बनाएको छ । नेविसंघले सचिवमा प्रवाना श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

यता अखिल क्रान्तिकारीले भने पदाधिकारीमा कोषाध्यक्ष पदमा मात्रै छात्रा उम्मेदवार बनाएको छ । क्रान्तिकारीले स्मृति खरेललाई उम्मेदवार बनाएको हो ।

नेबिसंघ र क्रान्तिकारीले भने प्रतक्ष्यतर्फबाट चुनिने ५ जना सदस्यमध्ये २/२ जना महिलालाई मात्रै उम्मेदवार बनाएको छ ।

गौरीशंकर क्याम्पसमा ८० प्रतिशतभन्दा बढी महिला (छात्रा) रहेको अवस्थामा महिला उम्मेदवार बढी बनाएको अखिलको पक्षमा निर्वाचन परिणाम जानसक्ने देखिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय