निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव अजय बर्तौलाको सरुवा भएको छ ।

बर्तौलाको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको हो ।

गत वर्ष पुष २३ गते निजगढ नगरपालिका कार्यालयमा हाजिर भएका बर्तौैलाको १ वर्ष २ महिनामा सरुवा भएको हो ।

यता निजगढको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव युवराज आचार्य आउने भएको छ । आचार्य हाल संघीय मामला तथा स्थानीय प्रशासन मन्त्रालय अतिरिक्त समूहमा कार्यरत थिए । आचार्यले यसअघि ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय