बाराको निजगढमा क्याफे डी निजगढ सञ्चालनमा आएको छ । निजगढ नगरपालिका– ९ मा कृष्ण कुमार सिंहले क्याफे सञ्चालनमा ल्याएका हुन । उक्त क्याफे महाशिवरात्रिका दिन एक विशेष समारोहका बीच सञ्चालक सिंहकी छोरी एन्जल सिंहले उद्घाटन गरेसगै सञ्चालनमा आएको हो ।

पर्यटकिय क्षेत्रका रुपमा विकास भैरहेको निजगढमा आउने पर्यटकहरुलाई आवश्यकता अनुसारका परिकारहरु पस्किने गरी सञ्चालनमा आएको बताईएको छ । निजगढनगर वासीलाई सेवा सुविधा दिनका निमित्त उक्त क्याफे सञ्चालनमा ल्याएको सिंहले बताए ।

क्याफेका सञ्चालक सिंहले ग्राहकहरुलाई आवश्यकता अनुसारका खानाका परिकारहरु प्रदान गर्ने लक्ष्यका साथ क्याफे सञ्चालनमा ल्याएको बताए । उनले क्याफे सञ्चालनका लागि करिब ५० लाखको हाराहारीमा लगानी लगाएको बताए । उनले क्याफेका लागि घर भने भाडाँमा लिएका हुन ।

सञ्चालक साहेवालाले सहुलियत मूल्यमा स्तरीय खाजाका परिकार क्याफेमा उपलब्ध हुने बताईएको छ । “युवालाई व्यावसायिक क्षेत्रमा जोड्न आवश्यक छ”, सिंहले भने, “क्याफेमा लगानीकर्ता र कर्मचारी सबै युवा नै छौँ ।” व्यवसायलाई सफलतापूर्वक सञ्चालन गर्न सबैको साथ र सहयोग अपरिहार्य रहेको उनको भनाइ छ ।

क्याफेमा विभिन्न प्रकारका कफि, चिया, ग्रील्ड चिकन, चाइनिज र कन्टिनेन्टल खाजाका परिकार, खाजा सेट, क्रन्ची फ्राइड चिकन, शाकाहारी खाजा, पिज्जा लगाएतका परिकारहरु रहने जनाईएको छ । मदिरा रहित पेय पदार्थ क्याफेको विशेषता रहेको उनको भनाइ छ ।

क्याफे बिहान ६ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय