प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साेमबार बसेकाे मन्त्रिपरिषद्काे बैठक। तस्बिर साैजन्य : प्रधानमन्त्रीकाे सचिवालय / रासस
सरकारले एकै पटक ७८ सहसचिवको सरुवा गरेको छ । फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले सरुवा गर्ने निर्णय गरेका ७८ सहसचिवको सूची बिहीबार सार्वजनिक भएको हो ।
सरुवा सूची अनुसार भर्खरै मात्रै उपसचिवबाट सहसचिवमा बढुवा भएका तथा खुला प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवलाई जिम्मेवारी दिएको छ ।



सरुवा सूची अनुसार विभिन्न २ विभागका महानिर्देशक पनि हेरफे भएका छन् । सूची अनुसार सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरेको संघीय मामिला तथा सामान्इ प्रशासन मन्त्रालयमा सरुवा भएको छ भने पशु सेवा विभागका महानिर्देशक महानिर्देशक उमेश दाहालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेश प्रदेशमा सरुवा भएको छ ।






