बाराको पचरौता नगरपालिकामा पहिलो पटक प्रमुख प्रशासकीय अधिकृतमा उपसचिवले हाजिर गरेका छन ।

उपसचिव नरेन्द्र परियारलाई एक कार्यक्रमका बिच नगरपालिकामा स्वागत गरिएको हो ।

नगर प्रमुख जलन्धर सिंहको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा नगर उपप्रमुख नसीमा खातुन र नगर कार्यपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष लक्ष्मी यादवले शुभकामना मनतव्य राखेका थिए ।

परियार यस अगाडी गृह मन्त्रालयमा गुनासो व्यवस्थापन शाखाका शाखा अधिकृत थिए । उनी त्यहाँ राजपत्रांकित तृतीय श्रेणीमा २०७८ आश्विन १२ गतेबाट कार्यरत थिए । उनी फागुनको पहिले हप्तामात्रै उपसचिजमा बढुवा भएका हुन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद गरेर परियार पठाएको हो ।

नगरपालिका प्रमुख जलन्धर सिंहले नयाँ प्रमुख प्रशासकीय अधिकृतमा परियारलाई पाउँदा खुःसी व्यक्त गरे । नगरपालिकाले उपसचिव स्तरका प्रमुख प्रशासकीय अधिकृत पाएको भन्दै उनले राम्रो काम गर्ने विश्वास समेत लिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय